दफा ४५
मालसामानको हस्तान्तरण
(१) गन्तव्य स्थानमा मालसामान पुगेपछि प्रापकले रेल्वे रसिद पेश गरी सम्बन्धित स्टेशनबाट मालसामान लिन सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापकले रेल्वे रसिद पेश गर्न नसकेको _ अवस्थामा सम्बन्धित स्टेशन प्रमुखले निजको परिचयपत्र वा अन्य प्रमाणका आधारमा पनि मालसामान हस्तान्तरण गर्न सक्नेछ।

(३) सम्बन्धित स्टेशन प्रमुखले मालसामानको हस्तान्तरण गर्दा प्रापकबाट मालसामान बुझेको भरपाई गराई निजबाट कुनै रकम प्राप्त गर्नु पर्ने भए सो समेत बुझिलिई मालसामान हस्तान्तरण गर्नेछ ।

(४) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापकले आफ्नो मालसामान देहायको स्थानबाट बुझिलिनु पर्नेछः-

(क) बोर्डको सुपरिवेक्षणमा रहन नपर्ने अवस्थामा सम्बन्धित अधिकारीलाई कानून बमोजिम निजको स्थानमा, वा गोदाममा बुझाएकोमा त्यस्तो स्थानबाट, र

(ख) सुक्खा बन्दरगाह वा कन्टेनर फ्रेट स्टेशनभित्रको निजी वा सरकारी गोदाम वा निर्यात प्रशोधन क्षेत्र (एक्सपोर्ट प्रोसेसिङ जोन) जस्ता क्षेत्रमा बुझाएकोमा त्यस्तो स्थानबाट ।

(५)- गन्तव्य स्थानमा मालसामान आइपुगेको तीस दिनभित्र सो मालसामान बुझिलिन प्रापक नआएमा त्यस्तो मालसामानको स्वामित्व, हस्तान्तरण लगायतका अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।