नियम ५०
मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने
(१) अदालतले प्रत्येक वर्ष मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थामा मेलमिलापकर्ताको नाम सूचीबाट हटाइनेछ:-

(क) मृत्युभएमा,

(ख) आफ्नो नाम सूचीबाट हटाई पाउँ भनी निवेदन दिएमा, (ग) मेलमिलापकर्ताको नाम सूचीबाट हटाउने आदेश भएमा, (घ) नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएमा; (ङ) सूचीकृत भएको संस्था खारेज वा विघटन भएमा,

(३) अदालतले उपनियम (२) बमोजिम मेलमिलापकर्ताको सूचीबाट नाम हटाएमा सो सम्बन्धी सूचना प्रकाशन गर्नेछ ।