दफा ५८
रेल्बे प्रशासकको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको: अतिरिक्त रेल्वे प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) रेल्वेको कामसँग सम्बन्धित वविद्युतयन्त्र, विद्युत आपूर्ति र वितरणको लागि कुनै संरचना निर्माण, सञ्चालन वा मर्मत गर्ने, गराउने,

(ख) रेल्वेको प्रयोजनको लागि कुनै संरचना, टेलिफोन लाइन तथा अन्य सुविधा निर्माण वा परिवर्तन गर्ने तथा हटाउने वा प्रतिस्थापन गर्ने, गराउने,

(ग) रेल्वे सञ्चालनसँग सम्बन्धित निर्माण, मर्मत सम्भार, सुधारको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने, गराउने,

(घ) बोर्डको अल्पकालीन तथा दीर्घकालीन योजना र वार्षिक बजेट तथा कार्यक्रम तयार गरी बोर्ड समक्ष पेश गर्ने,

(ङ) बोर्डबाट स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने र्‌ सोको अनुगमन गर्ने, गराउने,

(च) बोर्डबाट स्वीकृत हुनु पर्ने विषयको प्रस्ताव तयार गरी पेश गर्ने र बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने, गराउने, (छ) रेल्वे सेवाको विस्तार र रेल सञ्चालनको सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित:निकाय र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने, र

(ज) तोकिए बमोजिमको अन्य काम गर्ने॥