दफा ७६
रेल्बेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापनको जिम्मा दिन सक्ने
(१) बोर्डले नेपाल सरकारको पूर्वस्वीकृति लिई रेल्वेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापन सम्बन्धी कुनै वा सबै काम निजी क्षेत्रको कुनै संस्थाद्वारा गराउन आवश्यक देखेमा प्रचलित कानून बमोजिम त्यस्तो संस्थासँग सम्झौता गरी सो काम त्यस संस्थालाई जिम्मा दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम काम गर्न दिँदा सो कामसँग सम्बन्धित बोर्डको हक भोग, स्वामित्व वा जिम्मामा रहेको कुनै संरचना, उपकरण तथा सम्पत्ति त्यस्तो संस्थाले प्रयोग गर्न पाउने गरी दिन सक्नेछ।

(३) उपदफा (१) बमोजिम सम्झौता गर्दा बोर्डको हक, भोग, स्वामित्व वा जिम्मामा रहेको संरचना, उपकरण तथा सम्पत्तिको प्रयोग सम्बन्धी व्यवस्था, सम्झौता कायम रहने अवधि, सम्झौता गर्ने पक्षले पाउने प्रतिफल र तत्सम्बन्धी अन्य कुराहरू सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

(४) उपदफा (१) बमोजिम सम्झौता गर्ने - संस्थाले सम्झौताको अवधि समाप्त भएपछि आफूले प्रयोग गरेको बोर्डको हक, भोग, स्वामित्व वा जिम्मामा रहेको कुनै संरचना, उपकरण तथा सम्पत्ति सम्झौतामा तोकिएको शर्त बमोजिम बोर्डलाई फिर्ता गर्नु पर्नेछ।

(५) रेल्वेको निर्माण, मर्मत, सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्य कुरा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।