दफा ५६
रेल्वे प्रशासकको नियुक्ति
(१) बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्नको लागि बोर्डमा एक रेल्वे प्रशासक रहनेछ।

(२) नेपाल सरकारले देहाय बमोजिमको योग्यता पूरा भएका व्यक्तिहरूमध्येबाट रेल्वे प्रशासकको नियुक्ति गर्नेछ: -

(क) नेपाली नागरिक,

(ख) मान्यताप्राप्त शिक्षण: संस्थाबाट इन्जिनियरिङ्ग विषयमा कम्तीमा : स्नातकोत्तर उपाधि हासिल गरेको,

(ग) रेल्वे वा सडक यातायातको क्षेत्रमा कम्तीमा आठ वर्षको अनुभव हासिल गरेको, र

(घ) पैंतीस वर्ष: उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको ।

(३) उपदफा (२) बमोजिम रेल्वे प्रशासकको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामती सेवा अन्तर्गतको नेपाल इन्जिनियरिङ्ग सेवाको राजपत्राड्गित प्रथम श्रेणीको अधिकृतलाई रेल्वे प्रशासकको काम गर्ने गरी तोक्न सक्नेछ।

(%) रेल्वे प्रशासकको पदावधि बढीमा चार वर्षको हुनेछ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि रेल्वे प्रशासकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा, बोर्डको हित विपरीत कुनै काम कारबाही गरेमा, निज कुनै खराब आचरणमा लागेमा वा निजमा कार्यक्षमताको अभाव भएमा नेपाल सरकारले जुनसुकै बखत रेल्वे प्रशासकको पदबाट हटाउन सक्नेछ।

(६) उपदफा (५) बमोजिम निजलाई पदबाट हटाउनु अघि सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

(७) रेल्वे प्रशासकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ।