दफा ५७
रेल्वे प्रशासकको पदमा नियुक्तिको लागि “अयोग्यता
देहायको कुनै व्यक्ति रेल्वे प्रशासकको पदमा नियुक्ति हुन योग्य हुने छैनः -

(क) बैङ्क तथा बित्तीय संस्थाको क्रण तिर्न नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,

(ख) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग; अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(ग) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,

(घ) दफा ५६ को उपदफा (२) बमोजिमको योग्यता पूरा नभएको, वा

(ङ) कुनै लाभको पद धारण गरेको । स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “लाभको पद" भन्नाले सरकारी ८ कोषबाट पारिश्रमिक वा सुविधा पाउने पद सम्झनु पर्छ।