नियम १३
विज्ञापन गर्नु पर्ने
(१) नेपाली सेनामा रिक्त रहेको पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्नका लागि पदपूर्ति समितिले आवश्यक विवरण खुलाई कम्तीमा एक महिनाको दरखास्त दिने म्याद दिई नेपालको विभिन्न भागमा प्रचार प्रसार हुन सक्ने गरी राष्ट्रियस्तरको पत्र पत्रिका वा सञ्चारका अन्य माध्यमबाट विज्ञापन प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विज्ञापन गर्दा अनुसूची –३ बमोजिमको ढाँचामा विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(३) नेपाली सेनामा रिक्त रहेको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नका लागि पदपूर्ति समितिले आवश्यक विवरण खुलाई कम्तीमा एक महिनाको दरखास्त दिने म्याद दिई नेपाली सेनाको सम्पूर्ण निकायमा जानकारी हुन सक्ने गरी सूचना पठाउनु पर्ने वा राष्ट्रियस्तरको पत्र पत्रिका वा सञ्चारका अन्य माध्यमबाट विज्ञापन प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम जानकारी वा सूचना प्राप्त भएपछि सम्बन्धित निकायको प्रमुखले आफ्नो निकायमा उम्मेदवार भए नभएको यकिन गरी भर्ना छनौट निर्देशनालयमा सोको जानकारी पठाउनु पर्नेछ ।