दफा ४
संस्थानको अधिकृत पूँजी
(१) संस्थानको अधिकृत पूँजी पचास करोड रुपैयाँको हुनेछ । सो रकमलाई सय सय रुपैयाँको पचास लाख शेयरमा विभाजित गरिनेछ । संस्थानको चुक्ता पूँजी नेपाल सरकारको पूर्व स्वीकृत लिई समितिले जारी गरी उठाए बमोजम हुनेछ ।
(२) नेपाल सरकारको स्वीकृत लिई संस्थानले आफ्नो अधिकृत पूँजी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घटाउन बढाउन सक्नेछ ।