दफा १३
संस्थानको काम, कर्तव्य
(१) यो ऐन र यस अन्तर्गत बनेका नियमहरूको अधीनमा रही बीमाको व्यवसाय गर्नु संस्थानको कर्तव्य हनेछ । (२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी संस्थानको काम र कर्तव्य देहाय बमोजिमको हुनेछः– (क) जीवन बीमा व्यवसाय गर्ने, (ख) पुनर्विमा गर्ने गराउने, (ग) संस्थानले नेपालभित्र ठीक ठहराएको क्षेत्रमा लगानी गर्ने र सो लगानीको असूल उपर र सुरक्षाको लागि आवश्यक कदम लिने, (घ) संस्थानले मनासिब सम्झेमा संस्थानसित धितो राखेको कुनै सम्पत्ति आफ्नो नियन्त्रणमा राख्न र त्यस्तो सम्पत्तिको सञ्चालन आवश्यक समयसम्म आफै गर्ने, (ङ) चल–अचल सम्पत्तिको जमानतमा ऋण प्रदान गर्ने, (च) संस्थानले ठीक ठहराएको संस्थानको सम्पत्ति धितो बन्धक राखी ऋण लिने, (छ) संस्थानको कुनै सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अन्य प्रकारबाट बरबन्दोबस्त गर्ने, (ज) अन्य संस्थानको शेयर र ऋण पत्रको निष्काशनमा सहायता गर्ने, ग्यारेण्टी र अण्डरराइट गर्ने तथा एजेन्सी व्यवसाय गर्ने, (झ) संस्थानले मनासिब सम्झेमा विदेशमा लगानी गर्ने, (ञ) अन्य संगठित संस्थानको शेयर पूँजीमा लगानी गर्ने, (ट) एजेन्टहरू नियुक्त गर्ने र निजहरूलाई कमिशन दिने, (ठ) ग्यारेण्टी प्रदान गर्ने, (ड) शेयर, वण्ड, डिवेञ्चर, प्रतित–पत्र, चल अचल सम्पत्ति आदि खरीद बिक्री गर्ने, डिष्काउण्ट कमिशन लिने दिने तथा दलाली गर्ने, (ढ) संस्थानलाई हित हुने जुनसुकै प्रकारको सम्बन्धित व्यवसाय गर्ने, (ण) कुनै पनि राष्ट्रिय दातव्य, जनकल्याण संस्थान वा संस्थानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भलो हुने काम गर्ने र त्यसको लागि ग्यारेण्टी प्रदान गर्ने, (त) संस्थानका स्थायी कर्मचारीहरूको निमित्त सञ्चयकोेष, निवृतभरण, उपदान तथा अन्य सुविधा प्रदान गर्नको लागि कोषको व्यवस्था गर्ने, र (थ) ऋण पत्र र प्रिफरेन्स शेयर जारी गर्ने,