दफा ३
संस्थानको स्थापना
(१) राष्ट्रिय बीमा संस्थान नामको एक संस्थानको स्थापना हुनेछ ।
(२) यो संस्थान अविछिन्न उत्तराधिकार भएको एक संगठित संस्था हुनेछ र यसले आफ्नो नामबाट नालिस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालेस उजुर लाग्न सक्नेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरूको अधीनमा रही यस संस्थानले चल र अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र बेच बिखन गर्न सक्नेछ ।
(४) यस संस्थानको सबै कामको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।