दफा ३०
सजाय
(१) निरीक्षकले देहाय बमोजिमको कसुर गर्ने व्यक्ति वा संस्थालाई देहाय बमोजिम जरिबाना गर्नेछ:-
(क) दफा २० को उपदफा (४) विपरीत हुने गरी काम गरे वा गराएमा एक हजार रुपैयाँदेखि पाँच हजार रूपैयाँसम्म,
(ख) दफा २१ बमोजिम नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा वा त्यस्तो निर्देशन विपरीत काम गरेमा पाँच हजार रुपैयाँदेखि दश हजार रूपैयाँसम्म,
(ग) दफा २५ विपरीत हुने गरी नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोग गरेमा एक हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म,
(घ) दफा २७ विपरीत हुने गरी कुनै कार्य गरेमा पाँच हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म,
(ङ) कुनै वस्तुको नाप वा तौलको आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद, बिक्री वा कारोबार गरेको हो, सो नाप वा तौलले निश्चित गरेको परिमाण भन्दा/घटी बढी गरी लिए वा लिन लगाएमा वा दिए वा दिन लगाएमा निजलाई पाँच हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म,

तर निर्माण सामग्री, सुन, चाँदी वा मूल्यवान धातु; पेट्रोलियम पदार्थ, एल.पी.जी. सिलिन्डर वा उद्योगको हकमा निजलाई पचास हजार रुपैयाँदेखि: एक लाख रुपैयाँसम्म जरिबाना-हुनेछ। स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "निर्माण सामग्री" भन्नाले सिमेण्ट, 'छड, इँटा, गिट्टी, बालुवा, जियो- टेक्स्टाइल, पेण्ट, सिमेण्ट बोर्ड, झ्याल ढोकामा प्रयोग हुने काठ, शिशा, यु.पी.भी.सी. र बिजुलीको तार समेतलाई जनाउँछ।

(च) दफा २० को उपदफा (१) र (५), दफा २३, २६ र २६क. विपरीत हुने गरी कुनै कार्य गरेमा, त्यस्तो कार्य गर्ने उद्योग गरेमा, त्यस्तो कार्य गर्न कसैलाई दुरूत्साहन दिएमा वा यो ऐन बमोजिम निरीक्षकले आफ्नो कर्तव्य पालनाको सिलसिलामा कुनै काम गर्दा
त्यसमा बाधा अवरोध पुच्याएमा पच्चीस हजार रूपैयाँसम्म, र (छ) यस दफामा लेखिएदेखि बाहेक कसैले यस ऐन विपरीत हुने अन्य कुनै कार्य गरेमा दश हजार रूपैयाँसम्म।

(२) कसैले कुनै स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली वा/घटी, बढी बनाएमा वा बनाउन लगाएमा वा त्यस्तो जाली वा घटी, बढी नाप्ने वा तौलने यन्त्र जानी-जानी संक्कली रूपमा व्यवहार गरेमा वा व्यवहार गर्ने उद्देश्यले राखेमा वा बिक्री गरे वा गराएमा वा यस ऐन बमोजिम स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रमा लगाउने टाँचा बिगारेमा वा जाली टाँचा लगाएमा वा लगाउन लगाएमा वा बनाएमा वा राखेमा वा नाप वा तौलमा वा नाप्ने वां तौलने यन्त्रको वास्तविकभन्दा बाहेकका अन्य कुनै यन्त्र-वा त्यस्तै कुनै वस्तु प्रयोग गरी घटी, बढी गराएमा वा गराउने उद्देश्यले राखेमा वा राख लगाएमा -वा कुनै प्रविधि प्रयोग गरी जाली सफ्टवेयर बनाई नाप वा तौलको परिमाणमा घटी वा बढी गराएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(३) यस ऐन विपरीत हुने गरी निरीक्षकले जानी-जानी नापतौल वा नाप्ने वा तौलने यन्त्रमा टाँचा लगाएमा निजलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।