दफा १३
सभाको काम, कर्तव्य र अधिकार
सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रज्ञा प्रतिष्ठानको लघुकालीन, दीर्घकालीन, समसामयिक र वार्षिक नीति, योजना तथा कार्यक्रम निर्धारण गर्ने ।
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक वा पूरक बजेट पारित गर्ने ।
(ग) प्रज्ञा प्रतिष्ठानको संचालन र व्यवस्थापन सम्बन्धी नियमहरू पारित गर्ने ।
(घ) प्रज्ञा प्रतिष्ठानको कार्य सम्पादन मूल्यांकन गर्ने, गराउने ।
(ङ) प्रज्ञा प्रतिष्ठानको लेखापरीक्षण गराउन लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(च) प्रज्ञा प्रतिष्ठानको लेखापरीक्षण सम्बन्धी प्रतिवेदन र अन्य प्रतिवेदनमाथि कारवाहीको लागि परिषद्लाई निर्देशन दिने ।
(छ) छात्रवृत्ति, विद्वतवृत्ति, पदक र पुरस्कारको व्यवस्था गर्ने र विज्ञान तथा प्रविधि सम्बन्धी विषयका क्षेत्रहरूमा उत्कृष्ट योगदान दिने संस्था वा व्यक्तिलाई उपयुक्त कदर वा सम्मान वा पुरस्कारको व्यवस्था गर्ने ।
(ज) सभामा पेश भएको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(झ) प्रज्ञा प्रतिष्ठानको उद्देश्य पूर्ति गर्न गराउन आवश्यक पर्ने अन्य काम परिषद्बाट गराउने ।