दफा १६
समितिको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) खोप कार्यक्रम सम्बन्धी नीति तर्जुमा गरी मन्त्रालयसमक्ष पेश गर्ने,
(ख) खोप कार्यक्रमको विकास, विस्तार र सञ्चालनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने,
(ग) खोप कार्यक्रमलाई दीगो र भरपर्दो बनाउन आवश्यक स्रोत जुटाउने,
(घ) खोप कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने, गराउने,
(ङ) खोपको विकास तथा विस्तारको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने,
(च) खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यकता अनुसार उपसमिति गठन गर्ने,
(छ) खोप सम्बन्धी विषयमा सल्लाहकार समिति तथा अनुसन्धान समितिले दिएको सुझाव कार्यान्वयन गर्न विभागलाई निर्देशन दिने ।