दफा २१
कोष
: (१) खोप कार्यक्रमको विकास गर्ने काम समेतको लागि खोप कोष नामको एक कोष रहनेछ ।
(२) कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारवाट प्राप्त रकम,
(ख)स्वदेशी व्यक्ति, वित्तीय, सहकारी वा अन्य संघ वा संस्थावाट प्राप्त रकम,
(ग) विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय संघ वा संस्थावाट प्राप्त रकम,
(घ) अन्य स्रोतवाट प्राप्त रकम ।
(३) समितिले उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि अर्थ
मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) समितिले कोषमा प्राप्त हुने रकम प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क”
वर्गको वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।