दफा १५
समिति
: (१) खोप कार्यक्रम सम्बन्धी नीति निर्माण गर्न मन्त्रालयलाई सुझाव दिने काम समेतको लागि एक राष्ट्रिय खोप समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) विभागको महानिर्देशक – सदस्य
(ग) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(घ) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय -सदस्य
(ङ) सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय -सदस्य
(च) सहसचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय -सदस्य
(छ) बालरोग बिशेषज्ञ, जनस्वास्थ्य बिशेषज्ञ वा स्वास्थ्य
अर्थशास्त्रीहरु मध्येबाट एकजना महिला सहित मन्त्रालयबाट मनोनीत दुईजना – सदस्य
(ज) निर्देशक, बाल स्वास्थ्य महाशाखा, विभाग – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले पदीय जिम्मेवारी पूरा नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत सदस्यबाट हटाउन सक्नेछ ।
(५) उपदफा (४) वमोजिम कुनै सदस्यलाई पदबाट हटाउनु अघि मन्त्रालयले निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(६) समितिको सचिवालयको काम विभागको बाल स्वास्थ्य महाशाखाले गर्नेछ ।