नियम १४
साप्ताहिक मुद्दा पेशी सूची
(१) रजिष्टारले आवश्यक प्रक्रिया पुगी आगामी हसाको लागि पेशीको तारिख तोकिएका मुद्दाहरूको सूची तयार गरी प्रत्येक हसाको बुधबारसम्ममा अध्यक्षा समक्ष पेश गर्नु पर्नेछ। तर अध्यक्ष अनुपस्थित रहेको बा अध्यक्षको पद रिक्त रहेको अवस्थामा त्यस्तो सूची बरिष्ठ सदस्य समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको - मुद्दाको _ पेशी सूचीमा मुद्दाका पक्षाहरूको नाम, मुद्दाको नाम र नम्बर, मुद्दा पेश हुने दिन, सम्भव भएसम्म निर्णय: गर्ने अधिकारी वा निकायको नाम र मुद्दामा कानून व्यबसायी नियुक्त भएको भए निजको नामसमेत उल्लेख गरी प्रत्येक हम्ताको शुक्रबारसम्ममा पेशीको सूचना अदालतको सूचना पाटीमा टाँस्न लगाउनु पर्नेछ । त्यस्तो सूची अदालतको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ ।

(३) अदालतको आदेशको अधीनमा रही मुद्दाहरू दर्ता मितिको क्रम अनुसार साप्ताहिक मुद्दा पेशी सूचीमा चढाउनु पर्नेछ ।

तर हेदहिर्दै बाँकी रहेको मुद्दा भए सो मुद्दालाई अगाडिको क्रममा राखी पेशी सूचीमा समावेश गर्नु पर्नेछ।

(४) अदालतबाट आदेश भएकोमा बाहेक साप्लाहिक पेशी सूचीमा नपरेको कुनै पनि मुद्दा इजलास ससमक्का पेश गरिने छैन ।