दफा ११
सुरक्षा इकाइ गठन गर्न सक्ने
(१) बोर्डले अनुरोध गरेमा नेपाल सरकारले रेल्वेको सुरक्षाको लागि छुट्टै सुरक्षा इकाइ गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको सुरक्षा इकाइ गठन नभएसम्म नेपाल सरकारले रेल्वेको सुरक्षाको व्यवस्था गर्नेछ।

(३) उपदफा (१) बमोजिम गठन हुने सुरक्षा इकाइ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।