दफा २०
स्टाण्डर्ड नाप र तौल बाहेक अरु नाप र तौल प्रचलनमा ल्याउन नपाइने
: (१) दफा १४ र २४ बमोजिम नेपाल सरकारले अन्यथा अनुमति दिएमा बाहेक प्रचलित कानूनमा वा प्रचलनमा जेसुकै भएतापनि यो ऐन लागू भएको तीन महीना पछि यो ऐन लागू भएको
क्षेत्रभित्र वा यो ऐन लागू भएको कारोवार र मालसामानको सम्बन्धमा स्टाण्डर्ड नाप वा तौल बाहेक अरु किसिमको नाप वा तौलको व्यवहार गर्न वा त्यस्तो कुनै नाप वा तौलको इकाईद्वारा कुनै वस्तुको मूल्य किट्न वा परिमाण तोक्न हुँदैन ।
(२) कुनै किसिमको रीति, रिवाज, चलन वा व्यवहार अनुसार व्यापारको कुनै वस्तुको सम्बन्धमा गरिएको करार वा कारोवारमा कुनै व्यापारी वा बिक्रेता वा ग्राहकले नाप वा तौलले तौलने निश्चित गरेको परिमाण भन्दा घटी वा बढी माग्ने वा लिने वा माग्न लगाउन वा लिन लगाउने गरेको भए यो ऐन लागू भएको मितिदेखि त्यस्तो रीति, रिवाज, चलन र व्यवहार निष्क्रिय भएको मानिनेछ ।
(३) उपदफा (१) को बर्खिलाप गरिएको काम कारोबारको कानूनी मान्यता हुनेछैन ।

(४) वस्तुको उत्पादन वा बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले उत्पादन वा बिक्री वितरण गर्ने वस्तुको नाप वा तौलको परिमाण यकिन गर्न नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र सम्बन्धित उद्योग वा बिक्री वितरणस्थलमा राख्नु पर्नेछ।

(५) व्यापारिक कारोबार गर्दा त्यस्तो कारोबारको लागि अनुमति लिए बमोजिमको नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोग गर्नु पर्नेछ। त्यस्तो नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र रयोग नगरी अन्य तरिकाबाट कारोबार गर्नु हुँदैन।