दफा १९
स्टाण्डर्ड नाप्ने र तौलने यन्त्र
: (१) व्यापारिक नाप र तौल वा व्यापारिक प्रचलनमा ल्याइने नाप्ने र तौलने यन्त्र जाँच गर्न चाहिने नाप्ने र तौलने यन्त्र नेपाल सरकारले आवश्यकता अनुसार तयार गर्न लगाउनेछ ।
(२) उपदफा (१) बमोजिमका नाप्ने र तौलने यन्त्र तोकिए बमोजिम जाँच गरी टाँचा लगाई तोकिएको तरीका र संख्यामा राखिनेछ ।
(३) उपदफा (१) बमोजिमका नाप्ने र तौलने यन्त्रका सेट माध्यमिक वा कार्यकारी सेट राखिएको ठाउँमा राखिनेछ ।