नियम
हुलाक पत्र
निजी व्यवसायीहरूले हुलाक सेवाबाट प्रचलनमा ल्याएको हुलाकपत्र अनुरूप आफ्नो हुलाकपत्र प्रयोग गर्न देहायका कुराको पालन गर्नु पर्छः–
(क) हुलाकपत्र दरो बलियो कागजको हुनु पर्छ जसको लम्बाई र चौडाई बढीमा १४०-११५ मिलिमिटर र घटीमा १४०-९० मिलिमिटरसम्म हुनु पर्छ ।
(ख) हुलाक महसुलको निमित्त चाहिने टिकट ठेगाना लेख्नेपट्टिको माथि दाहिने भागमा टाँस्नु पर्छ,
(ग) हुलाकपत्र कुनै किसिमको खोलमा खाम्ने, दोब्र्याउने, काट्ने वा कुनै अदल बदल गर्न हुँदैन,
(घ) हुलाकपत्रको अगाडि शिरको दाहिने भागमा ठेगानावालाको ठेगाना टिकट वा फ्रेन्किङ मेशिनको छाप राख्नुपर्छ र अगाडिको देब्रे भागमा र पछाडि तिर आवश्यक कुरा लेख्न सकिनेछ,
(ङ) हुलाकपत्रमा हुलाक महसुलको निमित्त लाग्ने टिकट ठेगानावालाको र प्रेषकको नाम र ठेगानाको अतिरिक्त कुनै लेबुल हुलाकपत्रको आकृति नबिग्रनेगरी टाँस्न सकिनेछ तर ठेगानावालाको नाम र ठेगाना सम्बन्धी लेबुल हुलाकपत्रको अगाडिको भागको दायाँ पट्टि भन्दा बाहेक अन्य ठाउँमा टाँस्न हुँदैन,
(च) हुलाकपत्रमा व्यापारिक वस्तुको नमूना वा यस्तै किसिमको अन्य वस्तुहरू टाँस्न हुँदैन । तर तस्वीर, कुनै किसिमको टिकट र प्रेषकको नाम र ठेगाना लेखी टाँसिएको पातलो लेबुल हुलाकपत्रको आकृति नबिग्रने गरी हुलाकपत्रको पछाडि र बायाँ तिरको भागमा मात्र टाँस्नसकिनेछ,
(छ) लाग्नु पर्ने हुलाक महसुलको टिकट नटा“सिएको हुलाकपत्र जति सडाउन फिर्ता चिठ्ठी फाँटमा पठाइनेछ,
(ज) टिकट नटाँसिएको बाहेक उपर्युक्त नियमहरूको रीत नपुगेको हुलाकपत्रलाई चिठ्ठी मानिनेछ ।