७. उद्देश्य
यस नीतिको मुख्यतथा निम्न उद्देश्यहरू रहेका छन्ः
७.१ जलवायु परिवर्तन सम्बन्धी सवाललाई सम्बोधन गर्न एक सक्षम एवम् प्रभावकारी प्राविधिक संस्थाको स्थापना गर्दै विद्यमान संस्था÷निकायहरूलाई समेत सुदृढ एवम् सक्षम वनाउँदै लग्ने।
७.२ जलवायु अनुकूलन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्ने तथा प्रतिकूल प्रभावको न्यूनीकरण गर्दै सकारात्मक प्रभावबाट अधिकतम फाइदा लिने ।
७.३ स्वच्छ ऊर्जा जस्तै जलविद्युत, पुनर्नवीकरणीय तथा वैकल्पिक उर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षता अभिवृद्धि एवम् हरित प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै हरितगृह ग्यासको उत्सर्जन न्यून गर्ने ।
७.४ प्राकृतिक स्रोत साधनको महत्तम उपयोग एवम् सो को कुशल व्यवस्थापनका लागि स्थानीय समुदायको जलवायु अनुकूलन एवम् समानुकूलन क्षमता अभिबृद्धि गर्ने ।
७.५ सामाजिक–आर्थिक विकासलाई जलवायु परिवर्तन–मैत्री तथा समानुकूलन वनाउँदै न्यून कार्वन विकास पथलाई अवलम्बन गर्ने ।
७.६ जलवायु परिवर्तनले पारेको तथा पार्न सक्ने प्रभावहरूको पहिचान, प्रभावहरूको परिमाणात्मक किटान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन अनुकूलनका उपायहरू अवलम्बन गरी जलवायु परिवर्तनका दूष्परिणामबाट बच्ने क्षमता विकास गर्ने ।
७.७ जलवायु परिवर्तन सम्बन्धी महासन्धि, अभिसन्धि तथा सम्झौताहरूबाट प्राप्त अवसरहरूको अधिकतम उपयोग गरी जीवनस्तरमा सुधार ल्याउन