८. नीतिहरू
माथिका उद्देश्यहरू प्राप्तिका लागि निम्न नीतिहरू अवलम्वन गरिनेछन्ः
८.८.१ जलवायु अनुकूलन, प्रकोप एवम् जोखिम न्यूनीकरण
८.१.१ जलवायु परिवर्तनबाट प्रभावित जनता, समुदाय तथा जलवायु–उत्पन्न एवम् सम्भावित प्रकोप क्षेत्रहरूमा राष्ट्रिय अनुकूलन कार्यक्रमले निर्दिष्ट गरेको तत्कालीन प्राथमिकताहरूको साथै मध्यकालीन तथा दीर्घकालीन अनुकूलनका कार्यहरूको
पहिचान गरी कार्यान्वयन गर्ने, गराउने ।
८.१.२ जलवायु अनुकूलनलाई यथासम्भव सामाजिक तथा आर्थिक विकास एवम् आय– आर्जनका क्रियाकलापहरूसंग आवद्ध गरी कार्यान्वयन गर्ने, गराउने ।
८.१.३ हिमनदी तथा हिमतालहरूको अद्यावधिक स्थिति अध्ययन गरी जोखिमपूर्ण हिमतालहरूमा प्राथमिकताको आधारमा प्रतिकूल प्रभाव न्यूनीकरणका उपायहरूको अवलम्बन गर्ने, गराउने ।
८.१.४ जलवायु परिवर्तनबाट सिर्जित जल–उत्पन्न प्रकोप एवम् जोखिमको पूर्वानुमान गर्दै पूर्व सूचना दिन तथा रोकथामका उपायहरूको अवलम्बन गर्न आवश्यक संयन्त्रको तथा कार्यान्वयन गरी तिनकोे नियमित निरीक्षण तथा कार्य क्षमता सुदृढ गर्ने ।
८.१.५ जलवायु परिवर्तनबाट प्रभावित जनता, समुदाय एवम् जोखिम क्षेत्रहरूको पहिचान गरी स्थानीय ज्ञान, सिप तथा प्रविधि अनुरूप अनुकूलन तथा प्रतिकूल प्रभावको न्यूनीकरणका उपायहरूको अवलम्बन गर्ने, गराउने ।
८.१.६ जलवायु परिवर्तन, मरुभूमिकरण र जैविक विविधता सम्बन्धी महासन्धिहरूको उद्देश्य तथा प्रावधानहरूलाई ध्यानमा राखी एकीकृत कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने ।
८.१.७ जलवायु परिवर्तनबाट सिर्जित रोगवाहक कीटाणु तथा संक्रामक रोगको महामारी पैmलिन नदिन पूर्वानुमान तथा रोकथामको आवश्यक संयन्त्रको विकास गर्ने, गराउने ।
८.१.८ जलवायु परिवर्तनको कारण अन्तर्राष्ट्रिय सीमा वार(पारमा परेका असर र पर्न सक्ने प्रभावबाट सिर्जित जोखिम न्यूनीकरण गर्न तथा अनुकूलित हुन द्विपक्षीय तथा बहुपक्षीय सहयोगको विकास तथा विस्तार गर्ने ।
८.२ न्यून कार्बन विकास तथा जलवायु समानुकूलन
८.२.१ दिगो सामाजिक–आर्थिक बृद्धिका लार्गि न्यून कार्वन उत्र्सजन तथा जलवायु समानुकूलन विकास पथ अवलम्वन गर्ने ।
८.२.२ सामाजिक–आर्थिक विकासलाई जलवायु–मैत्री एवम् समानुकूलन वनाउन आवश्यक रणनीति, निर्देशिका तथा कार्यविधिको तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने ।
८.२.३ वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन, भू–उपयोग योजनाको तर्जुमा तथा कार्यान्वयन एवम् वन विनाश रोक्दै कार्बन संचितीकरण को दायरा फराकिलो वनाउने ।
८.२.४ हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्न विद्यमान स्वच्छ तथा नवीकरणीय एवम् वैकल्पिक ऊर्जाका क्षेत्रमा उपयुक्त प्रविधिको थप विकास र उपयोग गरी जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
८.२.५ वायुमण्डलीय तापक्रम बृद्धि गर्ने खालका वायु प्रदूषकको उत्सर्जन स्रोतमा नै न्यून गर्न उपयुक्त प्रविधिको विकास, हस्तान्तरण र उपयोगमा सहुलियत दिने ।
८.२.६ ऊर्जा दक्षता अभिबृद्धि गर्न हरेक २ वर्षमा उद्योगले ऊर्जा अडिट गरी जलवायु परिवर्तनको लागि तोकिएको निकायमा पेश गर्ने ।
विद्युतीय ऊर्जामा आधारित यातायात (विद्युतीय रेल, रज्जुमार्ग, केबलकार आदि) तथा उद्योगको विकास र प्रर्वद्धन गर्ने ।
८.२.८ पुुल, बाँध, नदी नियन्त्रण आदि संरचना तथा पूर्वाधारहरूको निर्माण गर्दा स्वरूप– गुणस्तरलाई जलवायु समानुकूलन हुने गरी तर्जुमा तथा कार्यान्वयन गर्ने ।
८.२.९ न्यून कार्वन उत्सर्जन सम्बन्धी कार्यलाई आर्थिक तथा प्राविधिक सहुलियत प्रदान गरी प्रोत्साहन गर्ने ।
८.३ आर्थिक स्रोतमा पहूँच एवम् उपयोग
८.३.१ जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न सार्वजनिक तथा निजी, आन्तरिक एवम् वाह्य आर्थिक स्रोत जुटाई जलवायु परिवर्तन कोषको स्थापना गर्ने ।
८.३.२ स्वच्छ विकास संयन्त्रको प्रवद्र्धनमार्फत कार्वन व्यापारलाई प्रोत्साहन गरी आर्थिक स्रोत जुटाउने ।
८.३.३ प्रदूषकले तिर्ने सिद्धान्त, तथा सःशुल्क पर्यावरण सेवा को अवधारणालाई कार्यान्वयन गरी आर्थिक स्रोत जुटाउने ।
८.३.४ जलवायु परिवर्तन कोष तथा जलवायु परिवर्तन सम्बन्धी कार्यहरूको लागि विद्यमान तथा भावी अन्तर्राष्ट्रिय एवम् द्विपक्षीय सहयोगबाट प्राप्त हुने आर्थिक स्रोत व्यवस्थापन गर्ने ।
८.३.५ जलवायु परिवर्तन तथा यसका प्रतिकूल प्रभाव न्यूनीकरण संयन्त्रबाट प्राप्त हुने फाइदाहरू गरिबी न्यूनीकरण तथा दिगो विकासको लागि उपयोग गर्ने ।
८.३.६ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जुटाइएको आर्थिक स्रोतलाई जलवायु अनुकूलन, प्रतिकूल प्रभाव न्यूनीकरण तथा न्यून कार्वन विकास कार्यहरू लगायत जल उत्पन्न तथा अन्य प्रकोपहरू जस्तै बाढी, पहिरो, खडेरी आदिबाट पीडितलाई राहतका लागि खाद्य, स्वास्थ्य तथा जीवनाधार सुरक्षाको लागि उपयोग गर्ने ।
८.३.७ जलवायु परिवर्तन कोषको बृद्धि (चभउभिलष्कज) गर्न तथा सदुपयोगको लागि आवश्यक रणनीति, निर्देशिका तथा कार्यविधिहरूको तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने ।
८.३.८ जलवायु परिवर्तनका लागि जुटाइएको कूल बजेटको कम्तिमा ८० प्रतिशत रकम स्थलगत कार्यमा विनियोजन गर्ने ।
८.३.९ जलवायु अनुकूलन, समानुकूलन एवम् अन्य जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरूको लागि आर्थिक सहयोग जुटाउने तथा पहूँचलाई सरल वनाउने ।
८.४ क्षमता अभिबृद्धि, जनसहभागिता तथा सशक्तीकरण
८.४.१ स्थानीय तहदेखि नीति निर्माण तहसम्म जलवायु अनुकूलन, प्रभाव न्यूनीकरण, हरितगृह ग्याँसको न्यून उत्सर्जन विकास पथ, प्रविधि विकास तथा हस्तान्तरण, कार्वन व्यापार लगायतका विषयहरूमा सूचना–जानकारी अध्यावधिक गर्दै क्षमता
अभिवृद्धि गर्ने ।
८.४.२ जलवायु परिवर्तन सम्बन्धी कार्यमा गरिब, दलित, सीमान्तकृत जनजाति, आदिवासी, महिला, बाल–बालिका तथा युवाकोे सहभागिता सुनिश्चित गरी जलवायु अनुकूलन सम्बन्धी कार्यहरूको कार्यान्वयन गर्ने ।
८.४.३ स्थानीय निकायहरूको क्षमता अभिवृद्धि गराउँदै स्थानीय स्तरका जलवायु परिवर्तन सम्बन्धी कार्यहरू स्थानिय निकायहरूबाटै सञ्चालन गर्ने, गराउने ।
८.४.४ जलवायु परिवर्तनका कारण खाद्यान्न, प्रजाति, पर्यावरणीय प्रणाली तथा स्वास्थ्यमा पर्ने सम्भावित खतराहरूबाट बच्न प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, गराउने ।
८.४.५ जलवायु परिवर्तन सम्बन्धमा विभिन्न लक्षित समूहको लागि तथ्याङ्क, सूचना, सिकाइ तथा कार्यसफलता आदि रहेका ज्ञानमूलक सामाग्रीहरू तयार गरी प्रकाशन तथा वितरण गर्ने ।
८.४.६ सञ्चार माध्यमको क्षमता अभिवृद्धि गर्दै जलवायु परिवर्तन सम्बन्धी सूचना प्रवाह सुनिश्चित गर्ने, गराउने ।
८.४.७ सर्वसाधारण जनतालाई जलवायु परिवर्तनका विविध पक्षमा सुसूचित गर्न तथा क्षमता अभिबृद्धिको लागि जनचेतना, तालिम तथा सशक्तीकरण कार्यमा स्थानीय निकायहरू, विषय विज्ञताको आधारमा स्थापित महासंघ लगायत अन्य गैर सरकारी संघ संस्थाहरू एवम् नागरिक समाजको सहभागितालाई बढावा दिने ।
८.४.८ जलवायु परिवर्तनका लागि उपलब्ध प्राविधिक तथा आर्थिक स्रोतमा पहूँच बढाउन दक्ष जनशक्तिको विकास तथा परिचालन गर्ने ।
८.४.९ जलवायु परिवर्तनलाई औपचारिक तथा अनौपचारिक शिक्षा लगायत दूर शिक्षा एवम् खुल्ला सिकाई कार्यक्रममा समावेश गर्दै शिक्षक तालिम सामग्रीमा सुधार गर्ने ।
८.४.१० जलवायु अनुकूलन तथा न्यूनीकरण सम्बन्धी परम्परागत तथा स्थानीय ज्ञान, सिप, अभ्यास तथा प्रविधि सम्बन्धी सामग्री सङ्कलन, प्रकाशन, प्रसार तथा उपयोग गर्ने, गराउने ।
८.४.११ जलवायु परिवर्तनमा उल्लेखनीय कार्य गर्ने संस्था वा व्यक्तिलाई सम्मान गर्न राष्ट्रिय जलवायु परिवर्तन पुरस्कारको स्थापना गरी वार्षिक रूपमा पुरस्कृत गर्ने ।
८.५ अध्ययन तथा अनुसन्धान
८.५.१ जलवायु परिवर्तन र यसबाट परेको प्रभावका वारेमा अध्ययन अनुसन्धान गरी प्रतिकूल प्रभाव हटाउन वा घटाउन तथा अनुकूल प्रभावबाट लाभ लिने उपायहरूको कार्यान्वयनमा व्यापकता ल्याउने ।
८.५.२ क्षेत्रगत तथा विषयगत ज्ञान संचित गर्न एवम् अनुसन्धानबाट प्राप्त तथ्याङ्कहरू तथा प्रतिवेदनहरू भण्डारण गर्न अत्याधुनिक तथ्याङ्क कोष (म्बतबदबलप) को स्थापना गरी अद्यावधिक गर्दै लग्ने ।
८.५.३ क्षेत्रीय जलवायु प्रारूप लगायत अन्य विभिन्न
प्रारूपहरू तयार पारी अध्ययन तथा अनुसन्धानमा प्रयोग गर्ने ।
८.५.४ जलवायु परिवर्तनको प्रभावबाट हुने जोखिमको नियमित अध्ययन, अनुसन्धान तथा
अनुगमन गर्ने ।
८.५.५ अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई नीति, रणनीति तथा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयनमा प्रयोग गर्ने ।
८.५.६ जैविक इन्धन (द्यष्य(ागभ)ि वारे अनुसन्धान गर्दै खाद्य सुरक्षालाई प्रतिकूल प्रभाव नपर्ने गरी सो को प्रवद्र्धन तथा प्रयोग गर्न प्रोत्साहन गर्ने ।
८.५.७ जलवायु परिवर्तनले पार्ने वा पारेका भौगोलिक तथा विषयगत जोखिम क्षेत्रहरूको पहिचान तथा प्रभावको सहभागितात्मक अध्ययन एवम् प्रभाव न्यूनीकरण उपायहरूको खोजी गर्ने ।
८.५.८ जलवायु परिवर्तनको प्रकृया तथा प्रभावहरूको पहिचानमा देशको सम्पूर्ण भू–भागको प्रतिनिधित्व हुने गरी जलवायु अवलोकन केन्द्रको संजाल विस्तार र तात्कालिक तथ्याङ्क प्राप्त गर्ने प्रणाली को विकास गरी प्राप्त तथ्याङ्कको विश्लेषण गर्ने, गराउने ।
८.६ प्रविधि विकास, हस्तान्तरण तथा उपयोग
८.६.१ जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यून गर्न उपयुक्त प्रविधिको पहिचान तथा विकास गर्ने ।
८.६.२ जलवायु–मैत्री परम्परागत स्थानीय प्रविधि एवम् मौलिक सिप तथा ज्ञानको पहिचान र उपयोगको अभिलेख तयार पारी प्रविधिमा आवश्यक सुधार गरी व्यवहारमा ल्याउने ।
८.६.३ जल उपलब्धता हेरी वाढी–सिंचाई जस्ता पद्धतिको विकल्पमा पानी किफायत हुने आधुनिक प्रविधिको विकास गर्ने ।
८.६.४ हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्ने स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास तथा तिनको दिगो प्रयोगलाई बढावा दिने ।
८.६.५ मिथेन कम उत्सर्जन गर्ने कृषि प्रविधिको विकास तथा विस्तार गर्ने ।
८.६.६ जलवायु–मैत्री प्रविधिको प्राप्ति, हस्तान्तरण तथा दिगो उपयोगमा जोड दिने तथा तिनको उपयोगको लागि क्षमता अभिबृद्धि गर्ने ।
८.६.७ खडेरी तथा डुबान (थोरै र बढी पानी) को भार सहन सक्ने कृषि प्रजातिको पहिचान तथा विकास गरी प्रयोगमा ल्याउने ।
८.६.८ जलवायु समानुकूलन विकास पूर्वाधार एवम् संरचना निर्माणका लागि आवश्यक अनुसन्धान मार्फत प्रविधि विकास गरी सो को उपयोग गर्ने ।
८.७ जलवायु–मैत्री प्राकृतिक स्रोत व्यवस्थापन
८.७.१ वैज्ञानिक भू–उपयोग प्रणालीको विकास गरी लागू गर्ने ।
८.७.२ जीविकोपार्जनका वैकल्पिक उपायहरू सिर्जना गर्न वन सम्पदाको उचित संरक्षण, सम्बद्र्धन तथा विकास गर्ने ।
८.७.३ जलवायु परिवर्तनको प्रभाव सम्बोधन हुने प्रकारले दिगो वन व्यवस्थापन, कृषि–वन, चरन क्षेत्र तथा भू–संरक्षण सम्बन्धी कार्यक्रमहरू प्राथमिकताका साथ लागू गर्ने ।
८.७.४ स्वच्छ ऊर्जा स्रोतका रूपमा रहेको जल विद्युत् उत्पादनमा प्राथमिकताका साथ राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय लगानी प्रोत्साहित गर्ने ।
८.७.५ माटो र पानीको संरक्षण गर्नको लागि मुहान संरक्षण, वर्षा–पानी सङ्कलन एवम् पर्यावरणीय सर–सफाइ जस्ता उपायहरू अवलम्बन गर्ने ।
८.७.६ कार्वन संचितीकरण लाई प्रोत्साहन गर्ने र वन पैदावारको प्रयोगबाट प्राप्त लाभको केही अंश वन डढेलो नियन्त्रण एवम् सवै प्रकारका वनको संरक्षणमा लगानी गर्ने ।
८.७.७ वन क्षेत्रको क्षयीकरण तथा वन विनाश रोकी हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्ने तथा रेड REDD, Reducing Emissions from Deforestation and Forest
Degradation) लगायत अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्रोतहरूबाट अत्यधिक फाइदा प्राप्त गर्ने संयन्त्रको विकास गर्ने।
८.७.८ जलस्रोतको उतार–चढावको नियमित अनुगमन गर्दै पानीको व्यवस्थापनमा वेसिन एप्रोच (–Basin Approach) अपनाउने ।