६. लक्ष्य
जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै, जलवायु अनुकूलित हुँदै, न्यून कार्वन–उन्मुख सामाजिक–आर्थिक विकास पथलाई अवलम्बन गर्दै जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्रमा भएको प्रतिवद्धता अनुरूप सहयोग तथा सहकार्यको प्रवद्र्धन गरी जीवनस्तरमा सुधार ल्याउनु यस नीतिको प्रमुख लक्ष्य रहेको छ ।
यस नीतिको मुख्य लक्ष्यहरूहरू निम्न बमोजिम छन् ।
६.१ जलवायु परिवर्तन सम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गर्न र नेपाल सरकारलाई नियमित नीतिगत एवम् विषयगत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्न एक वर्ष भित्र जलवायु परिवर्तन केन्द्रको स्थापना गर्ने ।
६.२ वि.सं. २०६८ भित्र आर्थिक स्रोत जुटाई राष्ट्रिय अनुकूलन कार्यक्रममा उल्लिखित स्थानीयस्तर समुदायमा आधारित अनुकूलनका कार्यहरू कार्यान्वयनको शुरुवात गर्ने ।
६.३ स्वच्छ विकास संयन्त्रबाट लाभ लिन स्वच्च ऊर्जा विकासमा टेवा पु¥याउने र वि.सं. २०६८ भित्र कार्वन व्यापार सम्बन्धी राष्ट्रिय रणनीति तयार गर्ने ।
६.४ सामाजिक–आर्थिक विकासलाई जलवायु समानुकूलन वनाउने तथा न्यून कार्वन आर्थिक विकास रणनीति वि.सं. २०७० भित्र तर्जुमा गरी क्रमशः लागू गर्ने ।
६.५ भौगोलिक तथा विकासका क्षेत्रहरूमा जलवायु परिवर्तनबाट परेका र पर्न सक्ने प्रभाव लगायत यसबाट भएको लाभ र हानीको आर्थिक मूल्याङ्कन वि.सं. २०६९ भित्र सम्पन्न गर्ने ।
६.६ प्रविधिको विकास तथा हस्तान्तरण, जनचेनता एवम् क्षमता अभिबृद्धि तथा आर्थिक स्रोतमा पहूँच पु¥याई जलवायु अनुकूलन प्रवद्र्धन तथा प्रतिकूल प्रभावहरू न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा अवलम्बन गर्दै जाने ।
६.७ जलवायु परिवर्तनबाट जोखिममा रहेका हिमाल, पहाड, चुरे र तराई क्षेत्र, प्राकृतिक सम्पदा, तथा जीविकोपार्जनमा परेको प्रतिकूल प्रभाव कम गराउन वि.सं. २०७७ भित्र भरपर्दो प्रभाव पूर्वानुमान प्रणाली विकास गर्ने ।