१४. जोखिम
जलवायु परिवर्तन र त्यसका चुनौतिहरू हाल टडकारो रूपमा देखा पर्न थालेको र यसबाट विभिन्न क्षेत्रहरू जस्तै जलस्रोत, कृषि तथा खाद्यान्न, वन तथा जैविक विविधता, भौतिक पूर्वाधार, जनस्वास्थ्य र पर्यटन लगायत जीविकोपार्जनका संसाधनहरू अत्यधिक मात्रामा प्रभावित हुँदै गइरहेकाछन् । यस नीतिलाई एकीकृत र समन्वयात्मक ढङ्गले कार्यान्वयन गर्दा निम्नानुसारका जोखिम हुन सक्छन् ।
ड्ड सामुदायिक जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले राष्ट्रिय तथा स्थानीयस्तरमा प्राथमिकता नपाउनु ।
ड्ड भरपर्दो जानकारी र सूचना लगायत क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र नहुनु ।
ड्ड नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि समन्वयको अभाव हुनुको साथै आवश्यक प्राविधिक तथा आर्थिक स्रोत जुटाउन नसक्नु, प्रविधि विकास र उपयोग तथा आवश्यक जनशक्तिको क्षमता बढाउन प्राथमिकता नपाउनु ।
ड्ड नीति कार्यान्वयनको लागि आवश्यक कानुनी व्यवस्था हुन नसक्नु ।
ड्ड कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सम्बन्धित राष्ट्रिय तथा स्थानीय सरकार, निजी क्षेत्र, गैर
ड्ड सरकारी संघ–संस्था एवं उपभोक्ता समूहहरूको तत्परता, सहयोग र संलग्नता नरहनु ।
ड्ड जलवायु अनुकूलन तथा क्षमता अभिबृद्धिका कार्यहरू लक्षित समूहमा पुग्न नसक्नु ।
ड्ड जलवायु परिवर्तन सम्बन्धी महासन्धिको केन्द्र विन्दु तथ सम्बन्धित निकायहरूको क्षमता वृद्धि नहुनु ।
ड्ड वर्तमान सम्बन्धित संस्थाहरूबीच आवश्यक समन्वय हुन नसक्नु । माथि उल्लिखित जोखिमहरू व्यवस्थापन गर्न सकिने देखिएकोले यस जलवायु परिवर्तन नीतिलाई विद्यमान इच्छा–शक्ति एवम् नेपाल सरकारको प्रतिवद्धता अनुरूप कार्यान्वयनमा ल्याउन सकिने
देखिएको छ ।