दफा
उद्देश्य

३. उद्देश्य

जैविक प्रविधिको विकास र विस्तार एवं तुलनात्मक फाइदाका क्षेत्रहरूमा यसको प्रयोग गरी जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारको रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिनु यस नीतिको सर्वोपरि उद्देश्य रहेको छ । यस नीतिका अन्य उद्देश्यहरू देहाय वमोजिम छन् ः

३.१. बढ्दो जनसंख्याको लागि न्यूनतम खाद्यान्न तथा पौष्टिक आहारको आवश्यकता परिपूर्ति गरी गरिबी निवारणमा सहयोग गर्ने ।
३.२. नेपाललाई तुलनात्मक रूपमा फाइदा हुने क्षेत्रहरूमा जैविक प्रविधिको प्रयोग गर्ने
३.३. अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी एवं वातावरणीय रूपमा दिगो वन, कृषि तथा खाद्य क्षेत्रहरूको विकास गर्न योगदान दिने जैविक प्रविधिको अनुसन्धान तथा विकासलाई प्रोत्साहन गर्ने ।
३.४. जैविक प्रविधि क्षेत्रमा व्यवस्थापकीय सीप अभिवृद्धि गर्ने, योग्य अनुसन्धानकर्ता तथा विज्ञहरूलाई आकर्षण गर्ने, उद्यमशिलता अभिवृद्धि गर्ने तथा विशेषज्ञ सीपका लागि माग तथा आपूर्तिको सन्तुलन कायम गर्ने ।
३.५. वातावरणीय ¥हास कम गर्ने तथा प्राकृतिक स्रोत र साधनहरूको संरक्षण गर्ने ।
३.६. ग्रामीण तथा राष्ट्रिय आर्थिक प्रणालीमा योगदान पु¥याउने गरी अनुसन्धानका नतिजाहरूलाई व्यावसायिक प्रयोगमा रूपान्तरित गर्ने कुरा सुनिश्चित गर्न सरल तथा नवीन कार्यक्रमहरूको विकास गर्ने ।