दफा
सुविधाहरू

७. सुविधाहरू

७.१ रसायन तथा उपकरण खरिद कर ः

– जैविक प्रविधि समन्वय समितिको सिफारिशमा जैविक प्रविधिगत उद्योग वा अनुसन्धान संस्थाका लागि रासायनिक पदार्थ तथा उपकरण खरिद गर्दा लाग्ने भन्सार शुल्कमा छुट दिने सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछ । जैविक प्रविधिगत उद्योग भन्नाले देहायको कुनै कृयाकलापमा संलग्न उद्योगलाई सम्झनुपर्छ ः

७.१.१ जीवित प्रणालीहरू र÷वा इन्जाइम ९भ्लशथmभक० वा जैविक  को प्रयोग बारे अनुसन्धान र विकास तथा तिनको प्रयोगबाट वस्तुहरू
उत्पादन गर्ने ।

७.१.२ वंशानुगत इञ्जिनियरि¨ वा जीवकोष , सुक्ष्म जीवविज्ञान , जीव रसायन शास्त्र  अणुगत जीवविज्ञान र तन्तु प्रविधि   इत्यादि सम्बन्धी प्रविधिको हुने ।

७.२ जैविक प्रविधि विकासको लागि विद्युत सेवाको आवश्यकता अपरिहार्य हुने भएकाले विद्युतको मूल्यमा अनुदान दिने व्यवस्था गरिनेछ ।
७.३ जैविक ग्राम स्थापित गर्न सरकारले जग्गा उपलव्ध गराउने छ ।

७.४ नेपाल सरकार तथा निजीक्षेत्रको संयुक्त लगानीमा पूंजीगत बजार उपयोग गरी उपक्रम पूंजीकोष  को स्थापना गरिनेछ ।
७.५ विदेशमा कार्यरत नेपाली नागरिकहरूले यस क्षेत्रमा प्रविधि हस्तान्तरण तथा बजार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले उनीहरूले आर्जन गरेको विदेशी मुद्रा यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
७.६ जैविक प्राविधिज्ञहरू तथा सम्वद्ध उद्योगहरूलाई प्रोत्साहित गर्न पुरस्कार तथा सम्मानको व्यवस्था गरिनेछ ।