दफा
नीति

५. नीति

प्रभावकारी अन्तर–सरकारी सम्बन्धको लागि आधार उपलब्ध गराउन, सरोकारवालाहरूसंगको साझेदारी प्रवद्र्धन गर्न, खुला, पारदर्शी प्रकृयाहरू स्थापित गर्न, जनचेतना तथा सार्वजनिक समझदारी वृद्धि गर्न उपरोक्त रणनीतिहरूका आधारमा देहायका नीतिहरू अवलम्बन गरिनेछन् ः

५.१. धेरै क्षेत्रहरूमा प्रयोग हुने प्रभावकारी “कार्यान्वयनकारी प्रविधि  एवं उच्च प्राथमिकता क्षेत्रको रूपमा जैविक प्रविधिलाई मान्यता दिने ।
५.२. जैविक प्रविधि समन्वय समितिको स्थापना गर्ने ।
५.३. राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्रको स्थापना गर्ने ।
५.४. जैविक प्रविधिको प्रयोगमा प्रभाव पार्न सक्ने विद्यमान कानूनको पुनरावलोकन गरी आवश्यक कानूनी व्यवस्था गर्ने ।
५.५. जैविक प्रविधिका लागि उपयुक्त मानव स्रोतको विकास गर्ने एवं अवसरहरूको सृजना गर्ने ।
५.६. जैविक प्रविधिको माध्यमबाट गुणस्तरीय र रोगमुक्त वोटविरुवाहरू पैदा गर्न निजी व्यवसायीहरूलाई प्रयोगशाला, हरितगृह तथा नर्सरीहरू स्थापना गर्न प्रोत्साहित गर्ने ।
५.७. जैविक प्रविधिको अनुसन्धान, विकास र व्यावसायीकरणका लागि कार्यान्वयनकारी द्विपक्षीय र वहुपक्षीय कार्यसंरचना सिर्जना गर्ने ।
५.८. विद्यमान जैविक प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरूको सुदृढीकरण गर्ने र आवश्यकता अनुसार नया“ संस्थाहरू स्थापना गर्ने ।
५.९. जैविक प्रविधियुक्त उत्पादनहरूको ढुवानी, पैठारी तथा निकासीको लागि एकद्वार प्रणालीको स्थापना गर्ने ।
५.१०. प्रयोगसिद्ध भैसकेका प्रविधिहरूको प्रवद्र्धन गर्न जैविक ग्रामको अवधारणा लागु गर्ने ।
५.११. जैविक प्रविधिको अनुसन्धान र विकासलाई प्रवद्र्धन गर्न राष्ट्रिय स्तरमा एउटा कोष स्थापना गर्ने ।
५.१२. वंशानुगत इञ्जिनियरिङ्ग र जैविक प्रविधिका लागि अन्तर्राष्ट्रिय केन्द्र  को सदस्यता लिने र सम्वद्ध क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसंग सम्बन्ध स्थापित गर्ने ।
५.१३. वन, कृषिजन्य तथा औद्योगिक उत्पादनका लागि प्रयोगशालाबाट विकसित आर्थिक रूपबाट सक्षम  प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्ने ।
५.१४. वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको व्यवस्थापनलाई सघाउने प्रकृतिका जैविक प्रविधिको विकासमा जोड दिने ।
५.१५. वित्तीय संस्थाहरूमा उपक्रम पूंजी ९ख्भलतगचभ ऋबउष्तब०ि को स्थापना गर्न तथा सक्षम जैविक प्रविधिजन्य उद्योगहरूलाई कर सुविधा एवं वित्तीय सहायता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने ।
५.१६. छिमेकी तथा अन्य विकासोन्मुख देशहरूसंग सुविधा तथा प्रविधिको आदान प्रदान गर्ने र नेपालका विकास साझेदारहरू  संगको सुसम्बन्धलाई जैविक प्रविधिको विकास र  निम्ति अधिकतम प्रयोग गर्ने ।
५.१७. संभाव्य जैविक प्रविधिजन्य कार्यक्रमहरूलाई वित्तीय सुविधा उपलव्ध गराउने ।
५.१८. अनुसन्धाता र विकासकर्मीहरू, कृषकहरू तथा औद्योगिक कर्मचारीहरूलाई जैविक प्रविधि सम्बन्धी विभिन्न तहका तालीमहरू उपलब्ध गराउने ।
५.१९. जैविक प्रविधि तथा तत्सम्बन्धी पूर्वाधारहरूको विकासका लागि स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने ।
५.२०. जैविक प्रविधिको अनुसन्धान, विकास तथा विस्तारका लागि दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजनाको तर्जुमा एवं कार्यान्वयन गर्ने ।
५.२१. नेपालले यस नीतिका उद्देश्य अनुकुल जैविक प्रविधिजन्य एकाधिकार  लाई साकार पार्न विभिन्न कार्यविधिहरू पुनरावलोकन गर्ने र जैविक सुरक्षा सम्बन्धी कार्टाहेना प्रोटोकल, वौद्धिक सम्पत्ति सम्बन्धी अधिकारहरूमा असर पर्न जाने व्यापार सम्झौता ,
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९ऋक्ष्त्भ्क्० तथा जैविक प्रविधिगत पक्षहरूको पुनरावलोकन गर्ने।