दफा
रणनीति

४.  रणनीति

उपरोक्त उद्देश्यहरू पूरा गर्न देहायका रणनीतिको अवलम्बन गरिनेछ ः

४.१. सरकारले प्रवद्र्धक, सहजकर्ता र नियामकको रूपमा काम गर्ने ।
४.२. जैविक प्रविधि तथा तत्सम्बन्धी क्षेत्रमा पूर्वाधार संरचनाको विकास तथा अनुसन्धानको लागि प्रोत्साहन तथा नियमनकारी कार्य संरचनाको माध्यमबाट उपयुक्त वातावरणको सिर्जना गर्ने ।
४.३. राष्ट्रिय आवश्यकता, बजार माग तथा क्षेत्रीय विशेषताका आधारमा जैविक प्रविधिजन्य उद्योगहरूको स्थापना गर्ने तथा त्यस्ता उद्योगलाई प्रोत्साहन एवं सहुलियत दिने ।
४.४. जैविक प्रविधिको विकास तथा व्यावसायीकरणका लागि आवश्यक कानूनी व्यवस्था गर्ने ।
४.५. झुण्ड ९ऋगिकतभच०, इन्क्यूवेटर ९क्ष्लअगदबतयच० तथा सञ्जाल ९ल्भतधयचप० को विकास गरी जैविक प्रविधिको अनुसन्धान, व्यावसायीकरण तथा प्रयोगका लागि जनशक्ति ९ऋचष्तष्अब िःबकक० तयार गर्ने ।
४.६. जैविक प्रविधिजन्य उद्योगहरूलाई उपलब्ध गराईने उपक्रम पूंजीगत कोष तथा बैंक ऋणको प्रवाहलाई सहज बनाउने ।
४.७. वौद्धिक सम्पत्ति सम्बन्धी अधिकार ९क्ष्लतभििभअतगब िएचयउभचतथ च्ष्नजत०, जैविक सुरक्षा, जैविक निगरानी  तथा जैविक नैतिकता  जस्ता विषयहरू सुनिश्चित गर्ने ।
४.८. तन्तु प्रविधि ९त्ष्ककगभ ऋगतिगचभ०, वन, कृषि र खाद्यान्न, जडिबूटी, च्याउ उत्पादन तथा प्रशोधन प्रणाली र पशु तथा मानव स्वास्थ्य प्रणाली समेतमा जैविक प्रविधिलाई प्रयोगमा ल्याउन निरन्तर रूपमा अनुसन्धान गर्न प्रोत्साहन गर्ने ।
४.९. निरन्तर अनुगमन तथा जनचेतनाको माध्यमबाट जैविक प्रविधिजन्य कृयाकलापसंग सम्वद्ध ग्रामीण जनताको आवश्यकताहरूको पहिचान गरी सो बमोजिम आवश्यक व्यवस्था गर्ने ।
४.१०. निजीक्षेत्रको सहभागिता प्रवद्र्धन गरी जैविक प्रविधिको अनुसन्धान, विकास तथा विस्तारलाई उच्च प्राथमिकता दिने ।
४.११. जैविक प्रविधिका उपलव्धिहरूको अभिलेख राख्ने र त्यसलाई व्यवस्थापन गर्ने ।
४.१२. नेपालका जैविक स्रोतहरूको स्वामित्व सम्बन्धमा ऐन, कानून तर्जुमा गर्ने ।
४.१३. जैविक प्रविधिले दिगोपन, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण र जैविक विविधता संरक्षणमा प्रदान गर्नसक्ने सार्वजनिक फाईदाहरूको मापन गर्न सूचांकहरूको विकास गर्ने र यी फाईदाहरूलाई सार्वजनिक गर्ने ।
४.१४. आनुवांशिक रूपमा परिवर्तन गरिएका तथा नगरिएका उत्पादनहरू  को बजारको आकार, प्रवृति एवं गुणस्तरका सम्बन्धमा यथार्थ स्थिति तथा ती उत्पादनहरू बारे उपभोक्ताको दृष्टिकोणको समयानुकुल जानकारी प्रदान गर्ने ।
४.१५. माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहमा जैविक प्रविधिको अध्ययनलाई प्रोत्साहन गर्ने ।