दफा
कार्यनीति

६. कार्यनीति

जैविक प्रविधि नीति कार्यान्वयन गर्न र सो नीतिमा निहित उद्देश्य परिपूर्ति गर्न देहायको कार्यनीति अवलम्बन गरिनेछ ः

६.१ प्राथमिकताजन्य महत्वका क्षेत्रहरूः

देहायका क्षेत्रहरूलाई प्राथमिकताजन्य महत्वका क्षेत्रहरूका रूपमा लिई ती क्षेत्रहरूको विकास गरी राष्ट्रिय योगदान पु¥याउनका निमित्त जैविक प्रविधि सम्बन्धी अनुसन्धान एवं विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछन् ः

६.१.१ वन, कृषि तथा खाद्यान्न

वन, कृषि तथा खाद्यान्न क्षेत्रमा जैविक प्रविधिको उपयोगका लागि जोड दिईने महत्वपूर्ण क्षेत्रहरू देहाय वमोजिम हुनेछन् ः

६.१.१.१ तन्तु प्रविधि ९त्ष्ककगभ ऋगतिगचभ० ।
६.१.१.२ जैविक कीटनाशक विषादी, जैविक मलखाद तथा अन्य सम्वद्ध जैविक प्रविधिगत पक्ष
६.१.१.३ स्वास्थ्य उपचारका लागि प्राकृतिक उत्पादनहरू।
६.१.१.४ कृषिजन्य उत्पादनहरूका पशु आहार परिपूरण
६.१.१.५ एक्वाकल्चर ९ब्त्रगबअगतिगचभ० ।
६.१.१.६ वनस्पति तथा पशु सुधार
६.१.१.७ शोभनीय फूल विरुवा, जडिबूटी तथा च्याउ ।

६.१.२ मानव, प्राणी तथा वनस्पतिको स्वास्थ्य उपचार ः

वंशानुगत खराबीबाट वा वाह्य प्रभावबाट हुने सामान्य एवं असाध्य रोगहरूको उपचार र रोगकीट ९एबतजयनभल० को समयमै पहिचान गर्न आधुनिक जैविक प्रविधिगत ज्ञान उपयोग गरिनेछ । यसमा जोड दिईने क्षेत्रहरू देहाय बमोजिम हुनेछन् ः

६.१.२.१ निदान

६.१.२.२ खोप

६.१.२.३ पशु औषधि, रोगको निदान तथा खोप
६.१.२.४ निरोधात्मक तथा उपचारात्मक विज्ञान
६.१.२.५ भ्रूण स्थानान्तरण
६.१.२.६ वंशाणु उपचार
६.१.३ वातावरण र जैविक विविधता वातावरणीय प्रदूषण कम गर्न, प्राकृतिक साधन र स्रोेत एवं जैविक विविधताको संरक्षण र सम्वद्र्धन गर्न मद्दत पुग्नेगरी जैविक प्रविधिका क्रियाकलापहरू सञ्चालन गरिनेछन् । यस अन्तर्गत महत्वपूर्ण क्षेत्रहरू देहाय वमोजिम छन् ः

६.१.३.१ फोहरमैलाको व्यवस्थापनका लागि सुक्ष्म जीवाणुको विकास ९म्भखभयिऊभलत या

६.१.३.२ स्वस्थानीय र परस्थानीय संरक्षण र उपयोग

६.१.३.३ जैविक उपचार तथा औद्योगिक निष्काशन प्रशोधन
६.१.३.४ अनुगमन गर्ने साधन तथा जैविक सचेतक÷संवेदकहरू
६.१.३.५ प्राकृतिक जीव सम्पदाबाट किटको व्यवस्थापन

६.१.४ उद्योग ः

खाद्य प्रशोधन, वन पैदावरमा आधारित उद्योग तथा रसायन जस्ता क्षेत्रमा स्थापित उद्योगहरूको विकास तथा प्रतिस्पर्धात्मकता वृद्धि गर्न जैविक प्रविधिजन्य अनुसन्धानबाट महत्वपूर्ण उपलब्धि हासिल गर्न कार्यक्रम सञ्चालन गरिनेछ । यसमा महत्वका क्षेत्रहरू देहाय बमोजिम हुनेछन् ः

६.१.४.१ खाद्यान्न तथा औद्योगिक उत्पादनहरू
६.१.४.२ किण्वीकरण उत्पादनहरू
६.१.४.३ जैविक उर्जा
६.१.५ डिअक्सिराइवो–न्यूक्लिक एसिड (डी.एन.ए.) प्रविधि डी.एन.ए. प्रविधिका फाइदाहरू लिन देहायका विषयहरूमा केन्द्रीत गरी सञ्चालन  गरिनेछन् ः
६.१.५.१ अणुगत वर्णशंकरीकरणमा प्रयोग गर्न जीव वंशाणुको पहिचान र पृथकीकरण
६.१.५.२ संकटापन्न तथा व्यापारिक÷व्यावसायिक प्रजातिको वहुरूपीय तथा अणुगत नक्शांकन अध्ययन  या
६.१.५.३ प्रजनन् कार्यक्रममा सूचक सहयोगी छनौट र निदानात्मक सरसामानको विकास
६.१.५.४ विधिविज्ञानको लागि डी.एन.ए. अभिलेखीकरण
६.१.५.५ वंशाणुगत रोगको पहिचान  ।
६.१.५.६ पितृत्व विश्लेषण, अध्यागमन तथा नागरिकता अभिलेख

६.२ मानव स्रोत विकास ः

६.२.१ विभिन्न माध्यमिक विद्यालय, विश्वविद्यालयहरू तथा सम्वद्ध संस्थाहरूमा प्रवेशिका, पूर्व स्नातक, स्नातक तथा स्नातकोत्तर तहहरूमा जैविक प्रविधि र जैविक सूचना प्रणालीको अध्ययन प्रारम्भ गर्न प्रोत्साहन गरिनेछ ।
६.२.२ जैविक प्रविधिको लागि मानवस्रोतको साझा भण्डारको अभिवृद्धि गर्ने उपायहरू अवलम्बन गरिनेछ ।
६.२.३ जैविक प्रविधिको क्षेत्रमा उपयुक्त मानव श्रोतको विकास गर्ने तथा विद्यमान जनशक्तिलाई कायम राखि राख्न तथा नव   आकर्षित गर्न आवश्यक पहल गरिनेछ ।
६.२.४ व्यवसायिक तथा नवीन सीपहरूका सम्बन्धमा वैज्ञानिकहरूलाई आवश्यक अल्पकालीन एवं दीर्घकालीन तालीम प्रदान गरिनेछ ।
६.२.५ जैविक प्रविधिको क्षेत्रमा स्वदेशी एवं विदेशी विश्वविद्यालय÷संस्थाहरूबीच अध्ययन तथा अनुसन्धानमा सहयोग स्थापित गर्न प्रयासहरू गरिनेछन् ।
६.२.६ विज्ञानमा तथा प्रविधिमा स्नातकोत्तर, विद्यावारिधिका लागि जैविक प्रविधि तथा सम्बन्धित क्षेत्रमा छात्रवृत्तिहरू उपलब्ध गराइनेछ ।
६.२.७ राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्र र वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा उद्यमशीलता को सम्वद्र्धन गर्नको लागि कार्यक्रम तथा प्रणालीहरूको विकास गरिनेछ ।

६.३ आधारभूत संरचना ः

६.३.१ मुलुकमा विद्यमान जैविक प्रविधिजन्य अनुसन्धानका पूर्वाधारहरूलाई सुदृढ गर्दै लगिनेछ ।
६.३.२ जैविक प्रविधिगत क्षमताको विकासका लागि सरकारी, अर्धसरकारी, निजी तथा शैक्षिक संस्थाहरूमा आवश्यक संस्थागत पूर्वाधारको विकास गर्न प्रोत्साहित गरिनेछ ।
६.३.३ राष्ट्रिय प्राथमिकता अनुसार अनुसन्धान र तालीम संचालन गर्न राष्ट्रिय जैविक प्रविधि केन्द्रीय प्रयोगशालाको स्थापना गरिनेछ ।
६.३.४ जैविक प्रविधिमा भएका नवीन उन्नतिहरू एवं उत्तम परम्परागत प्रविधिहरू समावेश भएका जैविक ग्रामको स्थापना गरिनेछ ।
६.३.५ जैविक प्रविधिमा संलग्न अनुसन्धाताहरूलाई आवश्यक उपकरण उपलव्ध गराउन संयन्त्र केन्द्रहरू ९क्ष्लकतचगmभलतबतष्यल ऋभलतचभक० को स्थापना र विकास गरिनेछ ।