दफा
कार्यनीति

६. कार्यनीति

विज्ञान तथा प्रविधि नीति कार्यान्वयन गर्न र सो नीतिमा निहीत उद्देश्य परिपूर्ति गर्न देहायको कार्यनीति अवलम्वन गरिनेछः
६.१. पूर्वाधार विकास
६.१.१. मौजुदा पूर्वाधारहरूलाई आवश्यकता अनुरूप सुदृढीकरण र सुधार गरी अधिकतम परिचालन गरिनेछ ।
६.१.२. विज्ञान तथा प्रविधि क्षेत्रको एकीकृत विकासको लागि केन्द्रीय र स्थानीय स्तरमा आवश्यक संस्थागत विकासमा जोड दिइनेछ ।
६.१.३ विद्यमान प्रयोगशालाहरूको सुदृढीकरण गर्नुका साथै विज्ञान तथा प्रविधि सम्बन्धी सन्दर्भ प्रयोगशालाहरू र केन्द्रीयप्रयोगशालाहरूको क्रमशः विकास गरिनेछ ।
६.२.६.२. जनशक्ति विकास
६.२.१. विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगसंग समन्वय राखी विज्ञान तथा प्रविधि शिक्षाको गुणस्तर सुधार गर्नुका साथै समयानुकूल विषयहरू समावेश गरी स्तरीय जनशक्ति उत्पादन गरिनेछ ।
६.२.२ विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यवसायिक शिक्षा तथा तालीम प्रदान गर्ने संस्थाहरूलाई राष्ट्रिय माग अनुरूपको शिक्षा तथा तालीम उपलब्ध गराउन सक्षम बनाई दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गरिनेछ ।
६.२.३. विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीहरूका लागि छुट्टै विज्ञान तथा प्रविधि सेवाको व्यवस्था गरिनेछ ।
६.२.४. उत्कृृष्ट वैज्ञानिकहरूलाई दक्षता हासिल गरेको क्षेत्रमा कार्य गर्न पर्याप्त अवसरहरू उपलब्ध गराई बढ्दो प्रतिभा पलायन रोक्न आवश्यक वातावरणको सृजना गरिनेछ ।
६.२.५. युवा प्रतिभालाई विज्ञान तथा प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान तथा विकास कार्यमा आकर्षित गर्न वृत्ति विकासका अवसरहरूको सृजना गरिनेछ ।
६.२.६. विज्ञान तथा प्रविधिसंग सम्बन्धित उत्कृष्ट संघसंस्था तथा वैज्ञानिक एवं प्राविधिज्ञहरूलाई कदर एवं पुरस्कृत गरिने छ ।
६.२.७. वैज्ञानिक तथा प्राविधिज्ञहरूको मनोवल उच्च पार्दैंं उनीहरूको क्षमता र सीपको अधिकतम उपयोग गरिनेछ ।
६.३.६.३. अनुसन्धान तथा विकास
६.३.१. विज्ञान तथा प्रविधि क्षेत्रमा हुने अनुसन्धान तथा विकास कार्यहरूलाई एकीकृत गरी राष्ट्रिय उद्देश्य अनुरूप परिचालन गरिनेछ ।
६.३.२. अनुसन्धान तथा विकास कार्यक्रमहरूमा प्राज्ञिक, सरकारी एवं निजी क्षेत्रबीच संयुक्त सहभागितालाई प्रोत्साहन गरिनेछ ।
६.३.३. विदेशी संघ संस्था वा व्यक्तिले नेपालमा आई अध्ययन अनुसन्धान गर्दा नेपालको सम्बन्धित निकायको समेत अनिवार्य रूपमा संलग्नता हुने व्यवस्था मिलाईनेछ ।
६.३.४. विज्ञान तथा प्रविधि क्षेत्रमा संलग्न व्यक्ति, समुदाय, संघसंस्था आदिद्वारा प्रतिस्पर्धात्मकरूपबाट अनुसन्धान कार्य सञ्चालन गराउने प्रणालीको विकास गरिनेछ ।
६.३.५. अनुसन्धान तथा विकास कार्यमा संलग्न विश्वविद्यालयहरू लगायत सरकारी निकायलाई प्रोत्साहित गर्न तथा निजीक्षेत्रको सहभागिता बढाउन कानुन वमोजिम आवश्यक सुविधाको व्यवस्था गरिनेछ ।
६.३.६. स्वस्फूरित अनुसन्धान कार्यलाई प्रोत्साहित गरी वैज्ञानिक प्रतिभाको विकास गर्ने व्यवस्था मिलाईनेछ ।
६.३.७. अनुसन्धान तथा विकास कार्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन जुटाउन आवश्यक व्यवस्था गरिनेछ ।
६.४. क्षेत्रगत कार्यनीति  मुख्यतया निम्नलिखित क्षेत्रगत उद्देश्य प्राप्तिका लागि विज्ञान तथा प्रविधिको कार्यनीति परिलक्षित हुनेछ.
६.४.१. कृषिक्षेत्रको विकास गरी राष्ट्रिय खाद्य सुरक्षा को प्रत्याभूति गर्ने तथा कृषि उत्पादनमा आधारित उद्योगहरूको प्रवद्र्धनमा टेवा
पु¥याउने,
६.४.२. प्रतिरोधात्मक सेवालाई विशेष जोड दिई स्तरीय जनस्वास्थ्य सेवा एवं ग्रामीण क्षेत्रमा सरल र सुलभ हुनेगरी स्तरीय जनस्वास्थ्य सेवा उपलब्ध गराउने,
६.४.३. वनजंगलको संरक्षण र विस्तारमा वातावरण संरक्षण पक्षलाई समेत जोड दिई वन सम्पदाको उचित लेखाजोखा   गरी दिगो रूपले वन व्यवस्थापन गर्नुको साथै वन सम्पदामा आधारित उद्योगहरूको प्रवद्र्धनमा टेवा पु¥याउने,
६.४.४. स्थानीय स्रोतमा आधारित नविकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोगमा अभिवृद्धि गर्ने,
६.४.५. उपयुक्त स्थानीय स्वदेशी निर्माण सामग्रीको उपयोगमा जोड दिई निर्माण प्रविधिको आवश्यक सुधारद्वारा उपयुक्त आवास तथा अन्य निर्माण कार्यमा आत्मनिर्भर हुन सहयोग पु¥याउने,
६.४.६. आवश्यक अनुसन्धान, विकास तथा विस्तार कार्यलाई प्रोत्साहन दिई मुलुकमा ग्रामीण, लघु, साना तथा ठूला उद्योगहरूको प्रवद्र्धन गर्ने,
६.४.७. सूचना प्रविधि, जैविक प्रविधि, अन्तरिक्ष प्रविधि एवं आणविक प्रविधि जस्ता उच्च प्रविधिहरूमा समेत राष्ट्रिय क्षमता अभिवृद्धि गर्दै यस्ता प्रविधिहरूबाट हुनसक्ने द्रूततर विकास हासिल गर्ने,
६.५.६.५. विज्ञान तथा प्रविधि सम्पर्क एवं सेवा विस्तार
६.५.१. मुलुकभित्र संकलन हुने सबै प्रकारका वैज्ञानिक तथा प्राविधिक तथ्यांक एवं सूचनाहरूलाई व्यवस्थित ढंगले संकलन, संरक्षण, व्यवस्थापन तथा प्रयोग गर्ने र आवश्यकतानुसार सम्बन्धित निकायलाई तथ्यांक केन्द्रको रूपमा विकासित गरिनेछ ।
६.५.२. विज्ञान तथा प्रविधिको विकासको लागि अनुसन्धान, विकास, प्रविधि हस्तान्तरण, गुणात्मक जनशक्ति विकास र प्रवद्र्धनलाई एकीकृत रूपमा अगाडि बढाईनेछ ।
६.५.३. मुलुकमा छरिएर रहेका विज्ञान तथा प्रविधिसंग सम्बन्धित पुस्तकालय तथा प्रलेख केन्द्रहरूलाई सुदृढ गरी विद्युतीय संजाल  मा आवद्ध गर्नुका साथै विज्ञान तथा प्रविधि सम्बन्धी केन्द्रीय पुस्तकालयको विकास गरी तत्सम्बन्धी आलेख प्रलेख अनुसन्धान कृतिको एकीकृत अभिलेख राख्ने संस्थागत ब्यवस्था गरिनेछ ।
६.५.४. अनुसन्धानसंग सम्वद्ध सबै निकायहरूको समन्वयात्मक व्यवस्था मिलाउन आवश्यक संरचनाको विकास गरिनेछ ।
६.५.५. निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूको समेत संलग्नतामा विज्ञान तथा प्रविधि विकास कोष  स्थापना गरिनेछ ।
६.५.६ विज्ञान तथा प्रविधिको क्षेत्रमा संलग्न संघसंस्थालाई प्रतिस्पर्धात्मक प्रणालीबाट संस्थागत क्षमता तथा गुणस्तरको विकास गर्ने अवसर प्रदान गरिनेछ ।
६.५.७. स्वास्थ्य, कृषि, पशुपालन, उद्योग व्यवसाय, वन, वातावरण, जलस्रोत, जलवायु, सूचना प्रविधि, विधिविज्ञान, खानेपानी आदि विविध क्षेत्रसंग सम्बन्धित वैज्ञानिक तथा प्राविधिक सेवा प्रदान गर्ने प्रयोगशालाहरूबाट उपलब्ध गराइने सेवालाई सर्वसुुलभ तथा गुणस्तरीय बनाउंदै जाने र प्रयोगशालाहरूको क्षमता परीक्षण कार्यक्रम  लाई बढी प्रभावकारी बनाईनेछ ।