४. नीति
उपरोक्त उद्देश्यहरू प्राप्तिका लागि देहायका नीति अवलम्बन गरिनेछ
४.१. विज्ञान तथा प्रविधिको योजनावद्ध विकासलाई देशको सर्वाङ्गीण विकास प्रक्रियासंग आवद्ध गर्नेे,
४.२. विज्ञान तथा प्रविधिको विकासद्वारा गरिवी निवारण कार्यक्रमलाई सहयोग पु¥याउने,
४.३. राष्ट्रको उत्पादन तथा उत्पादकत्व बढाउन विज्ञान तथा प्रविधिलाई सशक्त साधनका रूपमा उपयोग गर्ने,
४.४. विज्ञान तथा प्रविधिको उच्चतम विकासमा दिगो विकास, प्राकृतिक स्रोतको व्यवस्थापन र वातावरण संरक्षणको अवधारणालाई आत्मसात गरी योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने,
४.५. विज्ञान तथा प्रविधि क्षेत्रमा द्विपक्षीय, वहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायहरूसंग आपसी सहयोग र समन्वय अभिवृद्धि गरी क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगतमा उपलब्ध विज्ञान तथा प्रविधि सम्बन्धी ज्ञान र सीपको अधिकतम उपयोगको वातावरण तयार गर्ने,
४.६. विज्ञान तथा प्रविधिको विकासमा निजीक्षेत्रलाई सहभागीता गराउने,
४.७. विज्ञान तथा प्रविधिसंग आवद्ध संघसंस्था र जनसहभागिताको माध्यमबाट विज्ञान तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने,
४.८. विज्ञान तथा प्रविधिको प्रयोगबाट गुणस्तरीय निकासीयोग्य वस्तुको उत्पादनलाई बढावा दिई आयात प्रतिस्थापन गर्ने,
४.९. विज्ञान तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा परिचालन गर्ने,
४.१०. स्थानीय ९क्ष्लमष्नभलयगक० प्रविधि स्रोत र साधनको विकास विस्तार परिचालन एवं उपयोग गर्ने कार्यलाई प्राथमिकता दिई प्रविधिको विकास ग्रामीण तह सम्म पुर्याउने,
४.११. विज्ञान तथा प्रविधि क्षेत्रको विकास एवं उपयोगका लागि संलग्न हुने सबै क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले सहजकर्ता, प्रवद्र्धक तथा समन्वयकर्ता समेतको भूमिका निर्वाह गर्नेे,
४.१२. आवश्यक प्रविधिको आयात र प्रतिस्थापनको पक्षलाई सुव्यवस्थित गर्ने,
४.१३. सर्वाङ्गीण राष्ट्रिय विकासको प्रक्रियामा स्वदेशी वैज्ञानिक तथा प्राविधिज्ञहरूबाट अधिकतम भूमिका निर्वाह हुनसक्ने वातावरणको सृजना गर्ने,
४.१४.वैज्ञानिक तथा प्राविधिज्ञहरूको उच्च मनोवल कायम राख्न, विदेशमा रहेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली वैज्ञानिकहरूलाई आकर्षित गर्न र प्रतिभा पलायन न्यूनीकरण गर्न उपयुक्त वातावरण तैयार गर्ने,
४.१५ विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयस्तरीय अध्ययन अध्यापनलाई अनुसन्धानसंग आवद्ध गर्ने ।
४.१६ प्राथमिक तहदेखि नै विज्ञान तथा प्रविधि सम्बन्धी गुणस्तरीय शिक्षा उपलब्ध गराउने ।