दफा
पृष्ठभूमि

१. पृष्ठभूमि

विज्ञान तथा प्रविधिले हरेक मुलुकको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा निर्विवाद छ । तर नेपालमा यसको पर्याप्त विकास एवं उपयोग हुनसकेको छैन । यसर्थ राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको विकास तथा समयोचित उपयोगबाट
प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै देशको सर्वतोमुखी विकासमा प्रभावकारी योगदान पु¥याउनु अपरिहार्य भएको छ । सर्वाङ्गीण विकासको राष्ट्रिय संकल्प समयसापेक्ष नीति र योजना विना पूरा गर्न सकिन्न । विकासको खाँचो टार्न आवश्यक प्रविधि ग्रहण गर्न सकिन्छ र वैज्ञानिक तथा प्राविधिज्ञहरूको उत्पादन तीब्र पार्न सकिन्छ, तर ग्रहण गरिएका विज्ञान प्रविधिको यथोचित प्रतिस्थापन, प्रवद्र्धनका लागि मौलिक सिर्जनशीलतामा निरन्तर वृद्धि नै सफलताको मूल आधार भएको स्पष्ट हुन आएको छ । राष्ट्रिय क्षमता अभिवृद्धिको लागि मुलुकमा विज्ञान तथा प्रविधि सम्बन्धी जनशक्ति, स्रोत र साधनको विकास एवं उपयोग गर्न पूर्वाधारहरूलाई अधिकतम परिचालन गर्न अत्यावश्यक भएको छ । यसै तथ्यलाई मनन गर्दै विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकास, शिक्षण, प्रशिक्षण, व्यवस्थापन, सेवा प्रदान आदि कार्यमा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाका कृयाकलापहरूलाई समन्वयात्मक ढंगबाट एक निर्दिष्ट दिशामा प्रवाहित गरी राष्ट्रको अपेक्षित लक्ष्य हासिल गर्न राष्ट्रिय विज्ञान तथा प्रविधि नीति, २०४६ लाई समसामयिक बनाउन आवश्यक भएकोले नेपाल सरकारले यो “विज्ञान तथा प्रविधि नीति, २०६१” जारी गरेको छ ।