दफा १३
कुलपति
(१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।
(२) .... ।
(३) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ ।
(४) कुलपतिलाई विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण वा जाँचबुझ गर्ने गराउने र निर्देशन दिने अधिकार हुनेछ ।
(५) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत भएका कार्यलाई कुलपति रद्द गर्न सक्नेछ ।
(६) कुलपतिको अन्य अधिकार तोकिए बमोजिम हुनेछ ।
(७) .....