दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) “विश्वविद्यालय” भन्नाले यस ऐनबमोजिम स्थापना भएको काठमाडौं विश्वविद्यालय सम्झनु पर्छ ।

(ख) “सभा” भन्नाले दफा ४ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।

(ग) “कार्यकारी परिषद्” भन्नाले दफा ६ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ ।

(घ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ८ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।

(ङ) “डीन” भन्नाले विश्वविद्यालय अन्तर्गत स्थापित विभिन्न संकायका प्रमुख सम्झनु पर्छ ।

(च) “स्कूल” भन्नाले विश्वविद्यालयका प्रत्येक संकायका कार्यक्रमहरू सञ्चालित हुने निकाय सम्झनु पर्छ ।

(छ) “कलेज” भन्नाले विश्वविद्यालयसित सम्बन्धन प्राप्त शिक्षण संस्था सम्झनु पर्छ ।

(ज) “प्राचार्य” भन्नाले कलेजको प्राचार्य सम्झनु पर्छ ।

(झ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।