दफा १५
रजिष्ट्रार
(१) विश्वविद्यालयको रजिष्ट्रारको नियुक्ती उपकुलपतिको सिफारिशमा कुलपतिबाट चार वर्षको लागि हुनेछ ।
(२) रजिष्ट्रार विश्वविद्यालयको पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ ।
(३) रजिष्ट्रारले सभाको निर्णय वा आदेशलाई अभिलेख गरी राख्नु पर्नेछ । सो निर्णय बा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ ।
(४) रजिष्ट्रारलाई विश्वविद्यालयको सबै प्रकारको प्रशासनिक तथा प्राज्ञिक कार्यको जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्ने, गराउने अधिकार हुनेछ ।
(५) विश्वविद्यालयको सामान्य प्रशासन, आर्थिक प्रशासन तथा प्राज्ञिक कार्यहरू रजिष्ट्रार अन्तर्गत सम्पन्न हुनेछन् ।
(६) रजिष्ट्रारको अन्य काम, कर्तव्य अधिकार र पारिश्रमिक सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।