Rule 2
१ संरक्षित स्मारक क्षेत्रभित्र निजी हकभोगको जग्गामा बनाइने घरको शैली तथा मापदण्डका सम्बन्धमा विभागलाई परामर्श दिन देहाय बमोजिमको एउटा प्राविधिक समिति गठन गरिएको छः–
२.१.१.१ विभागले तोकेको प्राविधिक अधिकृत                      – अध्यक्ष
२.१.१.२ प्रतिनिधि, भवन विभाग                                           – सदस्य
२.१.१.३ प्रतिनिधि, आवास तथा शहरी विकास विभाग            – सदस्य
२.१.१.४ प्रतिनिधि, काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति                                                              – सदस्य
२.१.१.५ विभागले तोकेको वास्तुकलाविद्                              – सदस्य
२.१.१.६ विभागले तोकेको अधिकृत                           – सदस्य–सचिव
२.१.२ प्राविधिक समितिले स्वदेशी वा विदेशी विशेषज्ञ वा विदेशी विशेषज्ञ वा सल्लाहकार वा नेपाल सरकारको कुनै अधिकृतलाई प्राविधिक समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन
आमन्त्रण गर्न सक्नेछ ।
२.१.३ प्राविधिक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
२.१.४ प्राविधिक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि प्राविधिक समिति आफैले व्यवस्थित गर्न सक्नेछ ।
२.