Rule 4
१०
२ कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् :–
४.१०.२.१ नेपाल सरकारबाट प्राप्त रकम ।
४.१०.२.२ कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम ।
४.१०.२.३ अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।
४.१०.२.४ ……….
४.१०.२.५ स्मारक क्षेत्रमा प्रवेश गर्न लगाइएको प्रवेश शुल्क वा अन्य शुल्कबाट प्राप्त रकम ।
४.१०.२.६ विभागबाट प्रकाशित हुने पुस्तक पुस्तिका, पत्रिका तथा पोष्टर आदिको विक्रीबाट प्राप्त रकम ।
४.१०.३ कोषमा जम्मा हुन आएको रकम इतिहास, कला, वास्तुकला, धार्मिक एवं साँस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएका निजी वा सार्वजनिक स्मारकहरूको जीर्णोद्धार तथा संरक्षणको निमित्त खर्च गरिनेछ ।
तर कुनै खास स्मारकलाई नै तोकिएर प्राप्त हुन आएको रकम सोही स्मारकको जीर्णोद्धार तथा संरक्षण कार्यमा मात्र खर्च गरिनेछ ।
४.१०.४ कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखी महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखापरीक्षकबाट लेखापरीक्षण गराउनु पर्नेछ ।