Rule 4
११
१ नियम ४.१० को उपनियम ४.१०.३ को प्रयोजनको लागि कोषको सञ्चालन गर्न देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछ :–
४.११.१.१ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – अध्यक्ष
४.११.१.२ महानिर्देशक, विभाग – सदस्य
४.११.१.३ प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
४.११.१.४ प्रतिनिधि, संस्कृति र पुरातत्व सम्बन्धी केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालय – सदस्य
४.११.१.५ प्राचीन स्मारक संरक्षण सम्बन्धी कार्यमा संलग्न गैरसरकारी संस्थाहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना व्यक्ति –सदस्य
४.११.२ उपनियम ४.११.१.५ बमोजिम मनोनीत व्यक्तिको पदावधि एक वर्षको हुनेछ । पुन अर्को एक अवधिको लागि निजको मनोनयन हुन सक्नेछ ।
४.११.३ कोषको रकम कोषको सञ्चालक समितिले तोकेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ । त्यस्तो खाताको सञ्चालन विभागको महानिर्देशक र सञ्चालक समितिले तोकेको विभागको अधिकृत कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
४.११.४ कोष सञ्चालक समितिको सचिवको काम गर्न विभागले कुनै अधिकृत कर्मचारीलाई तोक्न सक्नेछ ।