दफा ८४
अधिकार प्रत्यायोजन
(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको कुनै सदस्य, दफा ७४ बमोजिमको उपसमिति, नेपाल सरकार. अन्तर्गतको कुनै निकाय वा रेल्वे प्रशासकलाई प्रत्यायोजन: गर्न सक्नेछ।

(२) रेल्वे प्रशासकले यो: ऐन बा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर यस ऐन बमोजिम रेल्वे प्रशासकको मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।