नियम ८६
उपचार खर्च
(१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राड्ढित प्रहरी कर्मचारी भए बाह्र महिना बराबरको रकम र राजपत्र अनड्ढित प्रहरी कर्मचारी भए अठार महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च वापत पाउनेछ ।
(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिइनेछ ः-
(क) उपचारको निमित्त स्वीकृत चिकित्सकले दिएको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हु“दा र उपचार गराउ“दा लागेको बिल बमोजिमको खर्च,
(ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमका चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(घ) आनो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधि उपचार गराउदा त्यस्तो स्थानसम्म पुग्दा र फर्कदाको बिरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवाको यातायात खर्चको पूरै रकम र खाना खर्च वापत निज बिरामी प्रहरी कर्मचारीले नियम अनुसार पाउने दैनिक भत्ताको पचत्तहर प्रतिशत रकम ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानून बमोजिम चिकित्सकको रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट, वैद्य समेतलाई जनाउ“छ ।
(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डद्वारा सिफारिस गरेको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठहयाएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिएमा यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेश्की रकम दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकमको हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ । त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान नहुदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाकी रहेको रकम मिन्हा हुनेछ ।
(५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बा“की भएको भए त्यस्तो बा“की रकम एकमुष्ट लिन पाउनेछ । तर निवृत्तिभरण पाउने गरी सेवाबाट अवकाश पाएको प्रहरी कर्मचारीले उपचार खर्च बापत लिन बा“की रकममा बीस वर्ष, पच्चीस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकोमा क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।
(६) दश वर्षको सेवा अवधि नपुगेको कुनै प्रहरी कर्मचारीलाई औषधि उपचारको लागि खर्च दिंदा यस नियममा तोकिएको रकमलाई दशवर्ष सेवा गरेवापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ ।
(७) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकम भन्दा बढी उपचार खर्च दिइने छैन ।
(८) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ ।