नियम ७४
उपदान
(१) पाच वर्ष वा सो भन्दा बढी सेवा गरेको तर नियम ७५ बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा, राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी पदबाट
हटाइएमा देहायको दरले उपदान पाउनेछ ः-
(क) पाच वर्ष भन्दा बढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीले सेवामा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिइने छैन ।