नियम ७५
निवृत्तिभरण
(१) प्रहरी कर्मचारीले बीस वर्ष वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकाश भएमा देहाय बमोजिमको हिसाबले हुन आउने रकम मासिक निवृत्तिभरण पाउनेछ ः-
(क) राजपत्राड्ढित प्रहरी कर्मचारीको निमित्त : नोकरी वर्ष ×आखिरी तलब ५०
(ख) राजपत्र अनड्ढित प्रहरी कर्मचारीको निमित्त : नोकरी वर्ष ×आखिरी तलब ४०
(२) निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको स’रु अड्ढको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको सुरु स्केलभन्दा बढी हुने छैन ।
(३) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको प्रहरी कर्मचारीले यस नियमावली बमोजिम निवृत्तिभरण पाउने छैन ।