नियम ५९
सजाय
: उचित र पर्याप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछ ः-
(क) सामान्य सजाय
(१) नसिहत दिन
(२) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न,
(३) बढीमा पा“च वर्ष बढुवा रोक्का गर्र्न,
(४) बढीमा पा“च तलब वृद्धि रोक्का गर्न,
(५) खाइपाई आएको बढीमा पा“च तलब वृद्धि घटुवा गर्न ,
(६) हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्न ।
(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन,
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न ।