दफा ६२
कसुर
कसैले देहायका कुनै कार्य गरे गराएमा यस ऐन बमोजिम कसुर गरे गराएको मानिनेछ:-
(क) रेल वा रेल्वेमा आगो लगाउने वा विष्फोटक पदार्थ ओछ्याउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) बनाई वा अन्य कुनै प्रकारले रेल सञ्चालनमा बाधा: पुन्याउने,
(ख) रेल वा रेल्वे कब्जा गर्ने-वा अन्य कुनै किसिमले रेल वा रेल्वेको सम्पत्तिमा हानि नोक्सानी पुच्याउने कार्य गर्ने,
(ग) रेल दुर्घटना: हुन सक्ने गरी रेल वा रेल्वेमा कुनै वस्तु फ्याँक्ने, रेलको लिकमा ढुङ्गा, काठ वा अरु कुनै वस्तु. राख्ने वा अधिकारप्राप्त अधिकारी बाहेक कसैले रेलको लिक वा सो सम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरू खुकुलो पार्ने वा अरु कलपुर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने कार्य गर्ने,
(घ) रेल वा रेल्वेको कुनै निशाना वा बत्ती लुकाउने, चलाउने, झिक्ने, फरक गरी देखाउने, बदल्ने, मेट्ने, हटाउने, खुर्किने लगायतका रेल दुर्घटना हुने कुनै कार्य गर्ने,
(ङ) अधिकारप्राप्त अधिकारी बाहेक अरु कसैले गुडिरहेको रेल विनाकारण रोक्न वा रेल चलाउन अटेर गर्न वा रेल चलाउन नदिन अवरोध सिर्जना गर्ने,
(च) मादक पदार्थ वा लागू पदार्थ सेवन गरी रेल चलाउने,
(छ) रेल्वेका कर्मचारी वा यात्रुसँग झगडा गर्ने, रेलभित्र होहल्ला गर्ने वा कसैलाई गालीगलौज वा अश्लील वा अपमानजनक शव्द प्रयोग गर्ने,
(ज) रेल्वेका कर्मचारीलाई आफ्नो पदीय कर्तव्य पालना गर्न रोक्ने वा बाधा अवरोध सिर्जना गर्ने,
(झ) अधिकारप्राप्त व्यक्ति 'बाहेक अरु कसैले रेल्वेको प्रयोजनको लागि जडान गरिएका कुनै सञ्चार उपकरणको प्रयोग वा हस्तक्षेप गर्ने,
(ज) रेल चालक वा सहचालकको लागि यस ऐन बमोजिम अनुमतिपत्र नलिई रेल चलाउने,
(ट) आफूले प्राप्त गरेको रेल चालक वा सहचालक अनुमतिपत्र रेल चलाउनको लागि प्रयोग गर्न अन्य व्यक्तिलाई दिने,
(छ) रेलमा यात्रा गर्ने वा गराउने प्रयोजनको लागि अधिकारपत्र वा टिकटको अङ्क, अक्षर, मिति वा व्यहोरा सच्याउने,
(ड) बोर्डको अनुमति बेगर टिकट बिक्री वा अधिकारपत्र वितरण गर्ने,
(ढ) यात्रीगुण्टा वा मालसामान हराएको, नासिएको, नोक्सानी भएको वा फिर्ता नभएको भनी बोर्ड समक्ष झुटो मागदाबी पेश गर्ने वा सोको लागि झुटो विवरण दिने,
(ण) रेलमा यात्रीलाई अनावश्यक झन्झट दिने,
(त) अधिकारप्राप्त व्यक्ति बाहेक अरु कसैले रेल्वे सञ्चालनको लागि जारी गरिएका सार्वजनिक सूचना उप्काउने, च्यात्ने वाव्यहोरा केरमेट गर्ने वा सच्याउने,
(थ) रेल वा रेल्वेमा धुलो वा फोहोर वा यात्रीमाथि फोहोर वा अन्य कुनै वस्तु फाल्ने,
(द) रेलको निषेधित स्थानमा बसी यात्रा गर्ने, र
(ध) यो ऐन विपरीतका अन्य कुनै कार्य गर्ने ।