दफा १४
कुनै खास किसिमको नाप र तौल चलनमा राख्न दिन सकिने
नेपालको कुनै ठाउँ वा कारोवार वा मालसामानको सम्बन्धमा यो ऐन लागू भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बढीमा पाँच वर्षसम्म त्यस्तो ठाउँ वा कारोवार वा मालसामानको सम्बन्धमा स्टाण्डर्ड राशि र नापका अतिरिक्त सोही सूचनामा तोकिदिएको अरु कुनै नाप र तौलको प्रचलन जारी राख्न अनुमति दिन सक्नेछ ।
तर, यो ऐन लागू हुन भन्दा अगाडि तत्काल प्रचलनमा नरहेको कुनै नाप वा तौल प्रचलनमा ल्याउने गरी नेपाल सरकारले उपदफा (१) अन्तर्गत अनुमति दिन सक्ने छैन ।