नियम ९०
चाडपर्व खर्च
(१) प्रहरी कर्मचारीले आप्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आप्mनो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन
सक्नेछ ।
(२) निलम्बनमा रहेको प्रहरी कर्मचारीले समेत उपनियम (१) बमाजिमको चाडपर्व खर्च पाउनेछ ।
(३) निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रुपमा दिइनेछ ।