दफा २४
छुट दिने नेपाल सरकारको अधिकार
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको व्यवस्था गर्न सक्नेछ :-
(क) कुनै खास किसिमको कारोवारमा वा विदेशी मुलुकसँगको व्यापारमा मेट्रिक प्रणाली बाहेक अरु कुनै प्रणालीको नाप तौल वा नाप्ने तौलने यन्त्र जाँच नभएको भए तापनि प्रमाणित सम्म गरी प्रयोग गर्न दिने,
(ख) खास किसिमको नाप्ने वा तौलने यन्त्र जाँच भइसकेको अवस्थामा मात्र प्रयोगमा ल्याउन दिने, र
(ग) खास किसिमकोनाप्ने वा तौलने यन्त्र जाँच गराउन नपर्ने ।