नियम २१
जिल्ला बन पैदावार आपूर्ति समिति
(१) जिल्लामा स्थानीय जनतालाई काठ, दाउरा बिक्री वितरण तथा आपूर्ति गर्न अनुसूची- ११ मा उल्लिखित जिल्लामा प्रदेश कानून बमोजिमको एक जिल्ला वन पैदावार आपूर्ति समिति रहनेछ।

(२) उपनियम (१) बमोजिम प्रदेश कानूनमा व्यवस्था नभएसम्मको लागि त्यस्ता जिल्लामा देहाय बमोजिमको जिल्ला वन पैदावार समिति रहनेछ:-

(क) डिभिजनल वन अधिकृत -अध्यक्ष

(ख) प्रमुख जिल्ला अधिकारीले

तोकेको अधिकृत प्रतिनिधि -सदस्य (ग) जिल्ला समन्वय अधिकारीले तोकेको

अधिकृत प्रतिनिधि -सदस्य (घ) जिल्लास्थित प्रदेश सरकारको

लेखा सम्बन्धी विषय हेर्ने कार्यालयको

प्रतिनिधि -्सदस्य (ङ) डिभिजनल वन अधिकृतले तोकेको

सहायक वन अधिकृत -सदस्य-सचिव

(३) जिल्ला बने- पैदावार आपूर्ति समितिले डिभिजनल वन अधिकृतबाट इजाजतपत्र लिई देहायको प्रयोजनको लागि अनुसूची-१२ बमोजिमको परिमाणमा नबढ्ने गरी काठ, दाउराको बिक्री वितरणको व्यवस्था गर्नेछ:-

(क) विपद्मा परेका परिवारको घर गोठ निर्माण तथा पुनर्निर्माण,

(ख) घरकाजको रुपमा घर निर्माण तथा मर्मत सम्भार,

(ग) किसान परिवार वा कृषक समूहले निर्माण तथा उपयोग गर्ने कृषि औजार, (घ) धार्मिक तथा सांस्कृतिक कार्य र पुरातात्विक सम्पदाको निर्माण तथा पुनर्निर्माण,

(ङ) शीतलहर वा हिमपात भएको- समयमा सार्वजनिक स्थानमा न्यानो कार्य,

(च) शव दाहसंस्कार, वा

(छ) जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्य।

(४) जिल्ला वन पैदावार आपूर्ति समितिले काठ, दाउरा बिक्री वितरणको लागि सदरमुकामको साथै उपभोक्तालाई पायक पर्ने गरी अन्य ठाउँमा डिपो राख्नु पर्नेछ।

(५) जिल्ला वन पैदावार आपूर्ति समितिले विपद्मा परेको व्यक्तिलाई सम्बन्धित स्थानीय तह र जिल्ला विपद्‌ व्यवस्थापन समितिको सिफारिसमा वन पैदावार बिक्री वितरणको व्यवस्था मिलाउनु पर्नेछ।

(६) जिल्ला वन पैदावार आपूर्ति समितिबाट काठ, दाउरा प्राप्त गर्ने व्यक्ति वा निकायले जुन प्रयोजनको लागि काठ, दाउरा: प्रा गरेको हो सोही प्रयोजनमा उपयोग गर्नु पर्नेछ। यसरी प्राप्त गरेको काठ, दाउरा बिक्री वितरण गर्न पाइने छैन।

(७) जिल्ला वन पैदावार आपूर्ति समितिले काठ, दाउराको बिक्री वितरण व्यवस्थित गर्न वार्षिक कार्ययोजना तयार गरी प्रदेश मन्त्रालयमा पेस गर्नु पर्नेछ र प्रदेश मन्त्रालयबाट स्वीकृत भएपछि लाग्‌ गर्नु पर्नेछ।

(८) जिल्ला बन पैदावार आपूर्ति समितिले बिक्री वितरण गरेको काठ, दाउरा बढीमा पैंतालिस दिनभित्र उठाई लैजानु पर्नेछ।

(९) जिल्ला वन पैदावार आपूर्ति समितिको घाटगद्वीमा रहेको कुनै काठ, दाउरा दुई वर्षसम्म पनि बिक्री,नभएमा जिल्ला वन पैदावार आपूर्ति समितिले प्रदेश वन निर्देशकको सहमति लिई त्यस्तो काठ, दाउरा लिलाम बिक्री गर्न सक्नेछ।

(१०) जिल्ला वन पैदावार आपूर्ति समितिले बिक्री वितरण गरेको काठ, दाउराको विवरण र अन्य भए गरेका कामको वार्षिक प्रतिवेदन तयार गरी निर्देशनालय र प्रदेश मन्त्रालयमा पेस गर्नु पर्नेछ।

(११) जिल्ला वन पैदावार आपूर्ति समितिले नेपाल सरकार र प्रदेश सरकारले दिएको निर्देशन पालना गर्नु पर्नेछ।