नियम ७४
Na
(१) नियम ७३ को उपनियम (९) बमोजिमको अवधि समाप्त भए पछि गरिबीको रेखामुनिका जनताले पुन कबुलियती वन लिन चाहेमा त्यस्ता जनताको समूहलाई पूनः कबुलियती वन उपलव्ध गराउन सकिनेछ ।

(२) उपनियम (१) बमोजिम पुन कबुलियती वन उपलब्ध गराउँदा कबुलियती वन लिन चाहने व्यक्तिहरुको मानव विकास सूचकाङ्कको परीक्षण गरी गरिबीको रेखामुनि रहेको यकिन गरेर मात्र गराउनु पर्नेछ ।

(३) यस नियम- बमोजिम गरिबीको रेखामुनि रहेका जनतालाई पुन कबुलियती वन उपलब्ध गराइएमा सोको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।