नियम १२९
Na
(१) मानव वन्यजन्तु द्वन्द्वको प्रभावमा पर्ने उपभोक्ता समूहले आ-आफ्नो क्षेत्रमा हुने मानव वन्यजन्तु सहअस्तित्व व्यवस्थापनका लागि वन व्यवस्थापनबाट प्राप्त गर्ने आयको निश्चित अंश छुट्याउनु पर्नेछ।

(२) उपभोक्ता समूहले _ उपनियम (१) बमोजिम छुट्याएको रकमबाट ऐनको दफा. ३३ को उपदफा (४) बमोजिम वन्यजन्तुबाट हुने क्षतिको राहत प्रदान गर्न र मानव वन्यजन्तु सहअस्तित्व व्यवस्थापनको कार्य गर्न सक्नेछ ।

(३) मानव वन्यजन्तु सहअस्तित्व व्यवस्थापनका लागि बिभिन्न भौगोलिक क्षेत्रमा: गरेका प्रयास र उपलब्धिका साथै विद्यमान समस्या र अवलम्बन गर्नु पर्ने उपाय पहिचान गरी कार्ययोजना सहित प्रत्येक-वर्ष निर्देशनालयले विभाग तथा प्रदेश मन्त्रालय समक्ष: र विभागले मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नु पर्नेछ।